बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
क्लासिक लेजेन्ड्सले पहिलोपटक येज्दी एडभेन्चरमा महत्वपूर्ण अपडेट गरेको छ । येज्दी एडभेन्चरको २०२५ संस्करणमा कम्पनीले कस्मेटिक र मेकानिकल दुबै परिवर्तन गरेको हो । जसको मूल्य २ लाख १५ हजार भारु तोकिएको छ ।
सो अपडेटेड मोडलमा नयाँ ट्विन–एलईडी हेडलाइट, डुअल एलईडी टेललाइट र एड्जस्टेवल विन्डस्क्रिन उपलब्ध गराइएको छ । बाइकमा हाई–माउन्ट गरिएको फ्रन्ट फेन्डर, पुनः डिजाइन गरिएको रियर फेन्डर र नयाँ रियर लगेज र्याक समेत समाबेश गरिएको छ । बाइक नयाँ ग्राफिक्स र थप कलर अप्सनका साथ आएको हो ।
पहिलेकै इन्जिनलाई निरन्तरता दिइएको यस बाइकमा ३३४ सीसी, लिक्विड–कूल्ड, सिंगल–सिलिन्डर इन्जिन जडान गरिएको छ । यसले २९ बीएचपी र ३० एनएम टर्क जनेरेट गर्दछ भने इन्जिनलाई ६–स्पीड गियरबक्ससँग जोडिएको छ ।
वाइकको अगाडि ४१ एमएम टेलिस्कोपिक फोर्क र पछाडि स्टील फ्रेममा आधारित एड्जस्टेवल मोनो–शक राखिएको छ । अगाडि ३२० एमएम रोटर र पछाडि २४० एमएम रोटर भएको डिस्क ब्रेक जडान गरिएको यस मोटरसाइकलमा ब्लुटुथ कनेक्टिभिटी, ट्र्याक्सन कन्ट्रोल र एबीएस, एलसीडी इन्स्ट्रुमेन्ट कन्सोल र तीन भिन्न राइड मोड दिइएको छ ।
येज्दी एड्भेन्चर नेपाली बजारमा समेत बिक्री हुँदै आएको प्रिमियम मोटरसाइकल हो । अग्नी ग्रुप आधिकारिक वितरक रहेको यस मोटरसाइकलको मूल्य ९ लाख ९६ हजार रुपैयाँ पर्छ । निकट भविष्यमा यसको अपडेटेड भर्सन समेत उपलब्ध हुने अनुमान गर्न सकिन्छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...