बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
काठमाडौं - यती एयरलाइन्सले आगामी मंसिर २० गते बाट पर्वतीय उडान (माउण्टेन फ्लाईट) पुनः शुरु गर्ने भएको छ ।
आन्तरिक पर्यटकीय गतिविधि बढाउन केही समय अगाडि विभिन्न गन्तव्यहरुको लागि न्यूनतम मूल्यका आकर्षक भ्रमण प्याकेज ल्याएको यतीले उच्च सतर्कता अपनाएर सुपथ मुल्यमा उडान शुरु गर्न लागेको जानकारी दिएको हो ।
‘गाँउदै नेपाली गाथा, हेरौं आफ्नै सगरमाथा’ भन्ने मूल नाराका साथै पर्वतीय उडान गर्न लागेको यतीले नेपाली यात्रुहरु र नेपालमा बसोबास गर्ने विदेशी तथा भारतीय नागरिकका लागि छुट्टाछुट्टै उडान प्याकेज घोषणा गरेको एअरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले जानकारी दिए ।
यती एयरलाइन्सले नेपाली यात्रुका लागि ८ हजार ९९९ र नेपालमा बसोबास गर्ने वा काम गर्ने विदेशी तथा भारतीय यात्रुका लागि रु १३ हजार ४९९ मा दुईवटा टिकट दिने जनाएको छ ।
यस अन्तर्गत यात्रुले झ्यालको एउटा टिकट किन्दासंगै रहेको सिटको अर्को टिकट निःशुल्कको प्राप्त गर्नेछन ।
कम्पनीले आफ्नो २२ औँ वार्षिकोत्सव मनाउने क्रममा यात्रुहरुका लागि विभिन्न प्याकेज र अफरहरु घोषणा गर्दै आएको एयरलाइन्सले माउण्टेन फ्लाईटको लागि समेत हालसम्मकै सस्तो र आकर्षक प्याकेज ल्याएको बताएको छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...