१९ लाख ४९ हजार रुपैयाँ सम्म मूल्यका यात्री मोटरसाइकल उपलब्ध : अब सिरिज २

नेपाली ईभी पारखीलाई आकर्षित गरिरहेको यात्री मोटरसाइकलले अब सिरिज २ उपलब्ध गराउने बताएको छ । यात्री मोटरसाइकलको फेसबुक पेजमा यस सम्बन्धी एउटा पोस्ट गरिएको छ । यसका आधारमा अब यात्रीले केही थप मोडल समेत उपलब्ध गराउने अनुमान गर्न सकिन्छ ।

नेपालमै डिजाइन गरिएको र उत्पादन समेत यही भएको यात्री मोटरसाइकल अहिले पनि चर्चाको शिखरमा रहँदै आएको छ । यात्रीले नेपालमा प्रोजेक्ट जिरो र प्रोजेक्ट वान गरी कुल २ वटा मोडलका इलेक्ट्रिक मोटरसाइकललाई बजारमा ल्याइसकेको छ ।

मूूल्य सुन्दा आम नेपाली उपभोक्ताको पहँुचभन्दा निकै टाढा रहेपनि यी दुई उत्पादनलाई नेपाली कम्पनीको सर्वोत्कृष्ट स्टार्ट अपका रुपमा भने लिन सकिन्छ । यी मोटरसाइकलको मूल्य क्रमशः १९ लाख ४९ हजार र ५ लाख ६५ हजारदेखि ६ लाख १३ हजार ४ सय रुपैयाँसम्म निर्धारण गरिएको छ । जसमध्ये हामीले यहाँ चर्चा गर्न खोजेको मोटरसाइकल महंगो मूल्यको यात्री प्रोजेक्ट जिरो हो ।

यो मोटरसाइकलको डिजाइन क्याफे रेसर स्टाइलबाट प्रेरित रहेको छ । जसलाई निर्माण गर्दा एकदमै स्तरिय सामाग्रीहरुको प्रयोग गरेको दावी गरिएको छ । यो मोटरसाइकलमा ८ किलोवाट आवरको लिथियम निकेल म्याग्नेसिस व्याट्री जडान गरेको छ । जसलाई एकपटक चार्ज गर्दा २३० किलोमिटर सम्मको रेन्ज पाउन सकिने दावी छ । ३.३ किलोवाटको अनवोर्ड चार्जरबाट २ घण्टमा बाइकको ब्याट्री फुल चार्ज गर्न सकिन्छ । पावर तथा पर्फमेन्सको मामिलामा समेत यो बाइक निकै मजुवत छ । यसको अधिकतम पावर ६४ एचपी र टर्क १२० एनएम रहेको छ । बाइकलाई १४० किलोमिटर प्रतिघन्टाको गतिमा हाँक्न सकिन्छ । यो बाइकको ग्राउन्ड क्लियरेन्स भने १७५ एमएममात्र रहेको छ ।

कार्वन फाइबर बडीसँगै स्टिल च्यासिसमा निर्माण गरिएको यो बाइकमा पूर्णतः एलईडी लाइट दिइएको छ । नेभिगेसन सहितको ७ इन्चको फुल एचडी डिस्प्ले कन्सोल उपलब्ध गराइएको यो बाइक फिचर्सको मामिलामा पूर्णतः लोडेड छ भन्दा फरक पर्दैन ।

सम्बन्धित समाचारहरू

एयोन ईभी ब्रान्डको कीर्तिमान, ४ वर्षमै १० लाख युनिट ईभीको बिक्री

एयोन ईभी ब्रान्डको कीर्तिमान, ४ वर्षमै १० लाख युनिट ईभीको बिक्री

जीएसी समूहले आफ्नो एयोन (AION) ब्रान्डको लागि उल्लेखनिय उपलब्धि हासिल गरेको छ...

नेपाली ग्रीन मोबिलिटीको क्षेत्रमा काम गर्दै ईभी आयातकर्ता कम्पनीहरु, कसले के गर्दैछन् ?

नेपाली ग्रीन मोबिलिटीको क्षेत्रमा काम गर्दै ईभी आयातकर्ता कम्पनीहरु, कसले के गर्दैछन् ?

आज विश्व वातावरण दिवस ‘हाम्रो भूमि, हाम्रो भविष्य’ नाराका साथ नेपालमा पनि...

यस्ता छन् बीएमडब्ल्युको इलेक्ट्रिक एसएभी ‘आईएक्स ३’ का विशेषता (फोटोफिचर समेत)

यस्ता छन् बीएमडब्ल्युको इलेक्ट्रिक एसएभी ‘आईएक्स ३’ का विशेषता (फोटोफिचर समेत)

काठमाडौं – जर्मन प्रिमियम कार ब्रान्ड बीएमडब्ल्युको सर्वाधिक सफल मोडल...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...