मालवाहक सवारीको कुल वजन र भारवहन क्षमता उल्लेख गर्न यातायात व्यवस्था विभागको निर्देशन

यातायात व्यवस्था विभागले मालवाहक सवारी साधनको भारवहन क्षमता र कुल वजन कायम गर्दा प्रचलित कानुन र निर्देशिका उल्लंघन नगर्न मातहतका कार्यालयहरुलाई कडा निर्देशन दिएको छ ।

केही यातायात व्यवस्था कार्यालयहरुले ‘मालवाहक सवारीको भारवहन नियमन सम्बन्धी निर्देशिका, २०७४’ विपरीत आफूखुशी सवारीको वजन र क्षमता कायम गरेको पाइएपछि विभागले मन्त्रालयमार्फत यस्तो सचेत गराएको हो ।

सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा १६ (३) मा मालवाहक सवारीको दर्ताको प्रमाणपत्रमा कुल वजन, भारवहन क्षमता तथा भाररहित वजन समेत छुट्टाछुट्टै रुपमा स्पष्ट हुने गरी उल्लेख गर्नुपर्ने व्यवस्था छ । त्यस्तै, भारवहन नियमन सम्बन्धी निर्देशिकाको बुँदा नं. ९(क), १३(क)–२ तथा अनुसूची–१ अनुसार सडकमा सञ्चालनका क्रममा कायम हुनुपर्ने कुल वजन स्पष्ट देखिने गरी उल्लेख गर्नुपर्ने प्रावधान रहेको छ ।

यस विषयमा यातायात व्यवस्था विभागबाट पटक–पटक परिपत्र जारी हुँदै आएको र पछिल्लो पटक २०८१÷१०÷११ तथा २०८२÷०३÷१२ मा समेत सम्बन्धित कार्यालयहरूलाई पत्राचार गरिएको भए पनि केही यातायात व्यवस्था कार्यालयहरूले हालसम्म पनि निर्देशिका विपरीत आफूखुशी सवारीको कुल भजन तथा भारवहन क्षमता कायम गर्ने गरेको पाइएको विभागले जनाएको छ ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...