काठमाडौं – नेपाली बजारमा यामाहाको महंगो र ठूलो स्कुटर बिक्रीका लागि उपलब्ध भएको छ । नेपालमा यामाहाको आधिकारिक वितरक एमएडब्ल्यु इन्टरप्राइजेज प्रालिले यामाहा टीम्याक्स स्कुटर बिक्रीका लागि उपलब्ध गराएको हो ।
यो स्कुटरको मूल्य ३४ लाख ९९ हजार ९९९ रुपैयाँ तोकिएको छ । स्कुटरमा ५६२ सीसीको लिक्विडकुल्ड फोर स्ट्रोक, फोर भल्व, प्यारालल ट्विन सिलिन्डर, डीओएचसी इन्जिन छ । यसले ७५०० आरपीएममा ३५ किलोवाट पावर र ५२५० आरपीएममा ५५.७ एनएम टर्क जेनेरेट गर्छ ।
फ्युल इन्जेक्सन सिस्टमको सो स्कुटरमा भी–बेल्ट अटोमेटिक ट्रान्समिसन सिस्टम छ । बाइकले प्रतिलिटर २० किलोमिटर माइलेज दिने कम्पनीले बताएको छ । स्कुटरको फ्रन्टमा टेलिस्कोपिक फोर्क र रियरमा स्विङग्राम सस्पेन्सन रहेको छ ।
स्कुटरको लम्बाई २,२०० एमएम, चौडाई ७६५ एमएम र उचाई १,४२० एमएम छ । ८ सय एमएमको सिट हाइट भएको स्कुटरको ग्राउन्ड क्लियरेन्स १२५ एमएम छ । स्कुटरमा १५ लिटरको इन्धन ट्यांकी छ ।
भृकुटीमण्डपमा आयोजित
यामाहा महाएक्सचेन्ज मेलामा सो स्कुटर समेत प्रदर्शन गरिएको छ ।