एफआई इन्जिन लगायतका विशेषता भएको पल्सर एन१५० को मूल्य तोकियो ३ लाख ६० हजार
काठमाडौं – नेपालका लागि बजाजको आधिकारिक वितरक हंसराज हुलासचन्द एन्ड...
बजाजले आफ्नो लोकप्रिय पल्सर सिरिजअन्तर्गत नयाँ अपडेटसहित बजाज पल्सर एनएस४००जेड पेश गरेको छ। सो बाइक अब ३४९ सीसी इन्जिनमा उपलब्ध हुने भएको छ ।
नयाँ एनएस ४०० जेडमा लिक्विड कुल्ड, सिंगल सिलिन्डर इन्जिन प्रयोग गरिएको छ । सो बाइकमा अघिल्लो भर्सनको तुलनामा पावर र टर्कमा सामान्य गिरावट देखिए पनि इन्जिनलाई नयाँ संरचनामा मिलाएर अझ प्रभावकारी बनाइएको कम्पनीको दाबी छ। यसमा प्रयोग गरिएको इन्जिन बजाजको डोमिनार ४०० मा प्रयोग भएको इन्जिनसँग मिल्दोजुल्दो रहेको छ।
यद्यपि कम्पनीले यसको डिजाइनमा भने कुनै परिवर्तन गरेको छैन। बाइक पहिलेकै प्लेटफर्ममा आधारित छ र यसमा यूएसडी फ्रन्ट फोर्क्स, रियर मोनोशक सस्पेन्सन तथा अलोय ह्विल समावेश गरिएको छ । ब्रेकिङका लागि यसमा ३२० एमएम फ्रन्ट डिस्क र २३० एमएम रियर डिस्क ब्रेक ड्युअल च्यानल एन्टी लक ब्रेकिङ सिस्टम सहित समावेश गरिएको छ।
बाइकमा राइड बाई वायर सिस्टम, फरक फरक राइडिङ मोड, क्विकशिफ्टर, ट्र्याक्सन कन्ट्रोल र डिजिटल इन्स्ट्रयुमेन्ट क्लस्टर जस्ता आधुनिक प्रविधि उपलब्ध छ । यी फिचरले बाइकलाई प्रिमियम र टेक्नोलोजी फोकस्ड बाइक बनाएको छ ।
काठमाडौं – नेपालका लागि बजाजको आधिकारिक वितरक हंसराज हुलासचन्द एन्ड...
काठमाडौं– बजाज एन २५० को अपडेटेड भर्सन नेपाल आउने भएको छ । बजाज मोटरसाइकलको...
बजाज अटोले नयाँ डुअल स्पोर्ट मोटरसाइकलमा काम गरिरहेको तथ्य सार्वजनिक भएको...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...