रेट्रो लुकको साथमा जापानमा लन्च भयो यामाहा एसआर ४०० को फाइनल एडिसन

यामाहाको लोकप्रिय बाइक एसआर ४०० को फाइनल एडिसन जापानमा लन्च गरिएको छ । रिपोर्ट अनुसार सो बाइक उक्त एडिसनको अन्तिम बाइक हुनेछ । सो बाइकको प्रोडक्सन १९७८ मा सुरु गरिएको थियो । सो बाइक दुई भेरिएन्टमा लन्च गरिएको छ ।

सो बाइकको लुकमा ४३ वर्ष देखि खासै परिवर्तन गरिएको देखिदैन । यो यामाहाको अन्तिम सेड अफ हो । कम्पनीको बाइक लामो समयदेखि यू प्रोडक्सनमा रहेको छ । सो बाइकको लिमिटेड एडिसन पनि लन्च भइसकेको छ । सो बाइक एक हजार युनिट मात्र प्रोडक्सन गरिनेछ ।

एसआर ४०० फाइनल एडिसनको मूल्य ६ लाख ५ हजार जापानी येन तोकिएको छ भने लिमिटेड एडिसनको मूल्य ७ लाख ४८ हजार येन तोकिएको छ ।

सो बाइकमा ३९९ सीसी, सिंगल सिलिन्डर, एसओएचसी, एयर कुल्ड, टु भल्व मोटर इन्जिन समावेश गरिएको छ । सो इन्जिन २९.७ किलोमिटर प्रति लिटरको माइलेज प्रदान गर्छ । सो बाइकको ट्रान्समिसन ५ स्पिड गियरबक्स रहेको छ । बाइकको फ्रन्ट र रियरमा डिस्क ब्रेक रहेको छ ।

उक्त बाइक जापान वाहेक अन्य देशमा लन्च हुन्छ कि हुँदैन भन्ने जानकारी कम्पनीले दिएको छैन ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...