मोटोजीपी अवलोकनका लागी यामाहा नेपालले पठायो ९ जना राइडरलाई भारत

काठमाडौं– भारतमा आयोजना हुने पहिलो मोटोजीपी अवलोकनका लागी ९ जना राइडर त्यसतर्फ प्रस्थान गरेका छन् । यामाहा मोटरसाइकलको नेपालका लागि आधिकारिक वितरक एमएडब्लु इन्टरप्राइजेजले संचालन गरेको ‘यामाहा राइड टु मोटोजीपी’ क्याम्पेन अन्तर्गत ८ जना राइडर र एकजना मार्सल छनोट भई उनीहरु भारत प्रस्थान गरेका हुन् ।

साहसिक अनुभवका लागी यामाहा प्रशंसक र उत्साही राइडर पहिलो मोटोजिपी इन्डियाको रोमाञ्चक दृश्यावलोकन गर्न भारत प्रस्थान गरेको एमएडब्लु इन्टरप्राइजेका टु–ह्विलर डिभिजन सीईओ राजु क्षेत्रीले बताए । यसरी छानिएका राइडरहरुमा संग्राम पुडासैनी, सुरेश जीसी, माइकल थापा, रुपेश पण्डित, राजकुमार कुशवाहा, अर्जित महर्जन, राजकुमार कार्की र तारा खड्का रहेका छन् भने मार्सलका रुपमा प्रमोद श्रेष्ठ छन् ।

उनीहरुले २४ सेप्टेम्वरमा बुद्ध सर्किट नोएडामा हुने तय भएको सो ईभेन्टमा दुई दिनसम्म रेसको अनुभव लिनेछन् । उनीहरु २७ सेप्टेम्वर मा काठमाडौं फर्किनेछन् । बुधवार राइडरलाई विदाई गर्दै सीईओ क्षेत्रीले भने, ‘रेसिङ गतिविधीहरुको पर्यायका रुपमा रहेको यामाहाले नेपालमा रेसिङ संस्कृतिको परिचय गराई यसको विकास र प्रवद्र्धन गर्न निरन्तर रुपमा काम गरिरहेको छ । आफ्नो उद्देश्य अनुरुप नै यामाहाले रेसिङ स्पोर्टस्लाई प्रतिविम्वित गर्ने धेरै इभेन्टहरुसंग आफ्नो आबद्धता कायम राख्दै यसको प्रवद्र्धन समेत गरेको छ ।’

सो इभेन्टमा सहभागी हुन इच्छुक राइडरलाई कम्पनीले आफ्नो नाम दर्ता गर्न र मोटोजीपी प्रत्यक्ष अवलोकन गरि जीवनभरका लागि अविष्मरणिय अनुभव प्राप्त गर्नका लागि आह्वान गरेको थियो । यस कार्यक्रमले यामाहा मोटरसाइकलको असली पर्फमेन्सलाई अनुभुती गर्न र खुल्ला सडकमा ब्रान्डप्रतिको माया अभिव्यक्त गर्न सहयोग पुग्ने कम्पनीले विश्वास लिएको छ ।

‘हामीले यामाहा राइड टु मोटोजीपीका लागी ठूलो संख्याका सहभागीहरु प्राप्त गरेका थियौ । हामी प्रत्येक यामाहा प्रशंसकहरुलाई राइडप्रतिको चासो र पागलपनका लागि धन्यबाद दिन चाहन्छौ । तर हामीसंग सिमित सीट भएकाले ८ जनामात्र छनोट गर्न सक्यौ । यो त केवल सुरुवात हो, यमाहा नेपाल हाम्रा युवाहरुको जोशलाई सम्मान गर्दछ । हामी नेपालमा मोटर स्पोर्ट्सको उत्थान गर्न मेहनतका साथ काम गरिरहेका छौ’ क्षेत्रीले भने ।

मोटोजीपी केही दक्ष राइडर र अत्याधुनिक मेसिनहरु सहितको संसारकै सवैभन्दा प्रतिष्ठित मोटरसाइकल रेसिङ च्याम्पियनसिपमध्ये एक हो । रेसिङको दुनियामा आफ्नो गौरवशाली इतिहास बोकेको यामाहा यो रोमाञ्चक खेलको सधै अग्रभागमा रहँदै आएको छ ।

सम्बन्धित समाचारहरू

४ लाख ७५ हजारमा डुअल च्यानल एविएस भएको २५० सिसी वाइक

४ लाख ७५ हजारमा डुअल च्यानल एविएस भएको २५० सिसी वाइक

नेपाली युवा राइडरले निकै नै रुचाएको मोटरसाइकल हो यामाहा एफजेड २५ । न्याकेड...

यामाहा मोटरसाइकल तथा स्कुटर खरिद गर्दा हरेक दिन ३ जनालाई ५० इन्चको स्मार्ट टिभी

यामाहा मोटरसाइकल तथा स्कुटर खरिद गर्दा हरेक दिन ३ जनालाई ५० इन्चको स्मार्ट टिभी

यामाहा मोटरसाइकल तथा स्कुटरको नेपालका लागि आधिकारिक वितरक एमएडव्लु...

यस्तो हुनेछ आर१५ भी४, स्पाई सट पश्चात आयो डिजाइन रेन्डरिङ

यस्तो हुनेछ आर१५ भी४, स्पाई सट पश्चात आयो डिजाइन रेन्डरिङ

भारतको गाजियाबादस्थित बजाजको फ्याक्ट्री नजिकै परीक्षण गरिरहेको अवस्थामा...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...