बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
काठमाडौं – यामाहाका दुई स्कुटर रे जेडआर १२५ एफआई र फेसिनो १२५ एफआई किन्न चाहनेका लागि विशेष अफर उपलब्ध भएको छ । नेपालमा यामाहाको आधिकारिक वितरक एमएडब्ल्यु इन्टरप्राइजेजले सो अफर ल्याएको हो ।
यस अन्तर्गत शुरुमा ४९ हजार ९ सय रुपैयाँ बुझाएर आफूलाई चाहिएको दुई मध्ये एक स्कुटर लैजान सकिने छ । एमएडब्ल्युले यसलाई सबैभन्दा कम डाउन पेमेन्ट भनेको छ । डाउन पेमेन्ट बाहेक ग्राहकले इन्स्योरेन्स वा अन्य कुनै रकम तिर्नु पर्ने छैन ।
शुरुमा त्यति रकम बुझाए पछि मासिक रुपमा किस्ताको रुपमा रकम बुझाउन सकिने छ र सो रकम बढीमा ३० महिना सम्म तिर्न सकिने छ । यसरी तिर्दा मासिक रुपमा कम्तीमा ८ हजार ५ सय रुपैयाँ बुझाउनु पर्छ ।
कुनै अन्य बाइक वा स्कुटर एक्सचेन्च गरेर समेत यो योजनामा सहभागी हुन सकिने छ । नेपालभर रहेका यामाहा सोरुममार्फत यी स्कुटर किन्न सकिने छ ।
यामाहाले एफआई टेक्नोलोजीको लिडरको रुपमा आफूलाई प्रस्तुत गर्दै आएको छ । यी दुवै स्कुटर एफआई टेक्नोलोजीयुक्त स्कुटर भएकाले विशेष आकर्षक समेत छन् । यी नेपाली बजारमा भएका बीएस६ इन्जिनयुक्त स्कुटर समेत हुन् ।
यामाहा रे जेडआर १२५ एफआई स्ट्रिट ¥यालीको मूल्य २ लाख ५४ हजार ९ सय, ड्रम ब्रेकयुक्त रे जेडआर १२५ एफआईको मूल्य २ लाख २९ हजार ९ सय, डिस्क ब्रेकयुक्त रे जेडआर १२५ एफआईको मूल्य २ लाख ४४ हजार ९ सय र फेसिनो १२५ एफआईको मूल्य २ लाख ४९ हजार ९ सय रुपैयाँ छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...