यामाहा नेपालद्वारा उत्कृष्ट सेल्स प्रतिभालाई सम्मान

काठमाडौं–यामाहा नेपालले टु ह्विलरको सेल्स एक्सलेन्सलाई पहिचान गर्न र यसको उत्सव मनाउन देशभरका यामाहा डिलरहरू बीचको आन्तरिक प्रतिस्पर्धा, नेसनल सेल्स स्किल कन्टेस्ट २०८२ सम्पन्न गरेको छ ।

आइतबार आयोजित यस कन्टेस्टले देशभरका शीर्ष बिक्री पेशेवरहरूलाई एकै ठाउँमा ल्याएको थियो, जसले तीव्र क्षेत्रीय प्रतिस्पर्धाहरू मार्फत नेसनल फाइनलमा आफ्नो स्थान हासिल गरेका थिए ।

यामाहा नेटवर्कभित्र बिक्री क्षमताको मूल्याङ्कन र सुधार गर्ने उद्देश्यले आयोजना गरिएको यस प्रतियोगिता अटो बेसिक, उत्पादनको ज्ञान, प्रतिस्पर्धाको जानकारी, बिक्री प्रक्रिया, भाइभा र उत्पादन प्रदर्शन गरी ६ वटा मुख्य विधामा आधारित थियो । एक दिनको तीव्र प्रतिस्पर्धा र व्यापक मूल्याङ्कनपछि उत्कृष्ट तीन प्रतिभाहरूले उपाधि जित्न सफल भए ।

यस प्रतियोगितमा भीएडब्लू इन्टरप्राइजेज, पोखराका समुन्द्र पंगेनी बिजेता बन्न सफल भए र नगद ३० हजार प्राप्त गरे । एलएस इन्टरप्राइजेज, ललबन्दीकी प्रमिला श्रेष्ठेले फस्र्ट रनर अप बन्दै नगद २० हजार प्राप्त गरिन भने सेकेन्ड रनअप बन्दै द व्हिल्स सल्लाघारीका विकास रञ्जितकारले १० हजार रुपैयाँ प्राप्त गरे ।

सबै नेसनल फाइनलिस्टहरूलाई उनीहरूको मेहनत, पेशागत प्रतिबद्धता र यामाहाको कस्टुमर फस्र्ट फिलोसोफीप्रति समर्पणको कदरस्वरूप प्रमाणपत्र, ट्रफी र पदक प्रदान गरिएको छ ।

पुरस्कारहरू एमएडब्लु राइड्सका कार्यकारी निर्देशक तथा सीईओ दीपक कुमार अग्रवाल र ह्युमन रिसोर्स विभाग प्रमुख शम्भु प्रसाद कोइरालाले वितरण गरे । सो अवसरमा बोल्दै सीईओ अग्रवालले भने, ‘हाम्रा जनशक्ति नै यामाहा नेपालको सफलताको मुख्य आधार हु्न् । यो प्रतियोगिता केवल प्रतिस्पर्धा मात्र होइन, हाम्रा सेल्स प्रोफेसनलहरूको अनुशासन, उत्साह र ज्ञानको उत्सव पनि हो । एक उच्चप्रविधियुक्त विश्वस्तरीय ब्रान्ड हुनुका नाताले यामाहा निरन्तर सिकाइ र क्षमता विकासमा विश्वास राख्दछ । एमएडब्लु राइड्सले आफ्ना जनशक्तिमा निरन्तर लगानी गर्नेछ किनकि उनीहरू नै यामाहाको विश्वव्यापी गुणस्तरलाई ग्राहक अनुभवमा रूपान्तरण गर्ने आधारहरू हन् ।’

यामाहा नेपालले देशभर उच्चस्तरीय ग्राहक अनुभव दिन र दक्ष जनशक्ति विकास गर्न निरन्तर प्रतिबद्धता जनाउँदै आएको छ ।

सम्बन्धित समाचारहरू

बिजी मलमा ‘यामाहा फ्यान्टास्टिक दशैं तिहार योजना’, हरेक हप्ता उपहारै उपहार

बिजी मलमा ‘यामाहा फ्यान्टास्टिक दशैं तिहार योजना’, हरेक हप्ता उपहारै उपहार

काठमाडौंको गोगंबुस्थित नयाँ बसपार्कमा रहेको बिजी मलले दशैंतिहार लक्षित...

यामाहा एमटी–१५ भी२ को बुकिङ खुल्ला, यस्तो छ मूल्य र विशेषता

यामाहा एमटी–१५ भी२ को बुकिङ खुल्ला, यस्तो छ मूल्य र विशेषता

काठमाडौं– यामाहा मोटरसाइकलको नेपालका लागि आधिकारिक वितरक एमएडब्लु...

सुपर लिगमा काठमाडौं रेजर्सको तयारी, विकेश कुथु मार्की प्लेयर र बाल गोपाल महर्जन मुख्य प्रशिक्षक

सुपर लिगमा काठमाडौं रेजर्सको तयारी, विकेश कुथु मार्की प्लेयर र बाल गोपाल महर्जन मुख्य प्रशिक्षक

काठमाडौं – नेपाल इभेन्ट म्यानेजमेन्ट कम्पनीको आयोजना र एन्फाको प्राविधिक...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...