सुपर लिगमा काठमाडौं रेजर्सको तयारी, विकेश कुथु मार्की प्लेयर र बाल गोपाल महर्जन मुख्य प्रशिक्षक
काठमाडौं – नेपाल इभेन्ट म्यानेजमेन्ट कम्पनीको आयोजना र एन्फाको प्राविधिक...
यामाहा नेपालको वार्दिवासस्थित शोरुमले हालसालै आयोजना गरेको माइलेज च्यालेन्जमा रे जेडआर १२५ एफआई स्कुटरले ७३.०३ किलोमिटरसम्मको माइलेज दिएको छ । प्रतिस्पर्धाका रुपमा आयोजना गरिएको उक्त च्यालेन्जमा सर्मिला लामा सवार यो स्कुटरले प्रतिलटर पेट्रोलको खपतमा यति धेरै माइलेज प्रदान गरेको हो । उक्त प्रतिस्पर्धाको उनी विजेता वनेकी छिन् ।
यसैगरी फस्र्ट रनर अप नारायण काफ्लेले ७० किलोमिटर र सेकेन्ड रनर अप कोषराज उपाध्ययले ६७.६३ किलोमिटरको माइलेज प्राप्त गरे । उक्त माइलेज च्यालेन्जमा १५ भन्दा बढी राइडरले सहभागिता जनाएका थिए । बिजेतालाई शोरुमका तर्फबाट प्रमाणपत्र र आकर्षक उपहार समेत प्रदान गरिएको थियो ।
यामाहा टु ह्विलरको नेपालका लागि आधिकारिक वितरक एमएडव्लु इन्टरप्राइजेजले रे जेडआर १२५ एफआई स्कुटरलाई लक्षित गरी देशव्यापी माइलेज च्यालेन्ज आयोजना गर्दै आइरहेको छ । यसरी आयोजना हँुदै आइरहेको च्यालेन्जमा यो स्कुटरले ७० किलोमिटर बढी माइलेज प्रदान गर्दै आइरहेको छ ।
१२५ सिसी सेग्मेन्टका स्कुटरमा सर्बाधिक माइलेज प्रदान गरेपछि अहिले यो स्कुटर ग्राहकको पहिलो रोजाइमा पर्न सफल भएको छ । स्कुटरको मूल्य २ लाख ६५ हजारदेखी २ लाख ९२ हजार रुपैयाँसम्म निर्धारण गरिएको छ ।
काठमाडौं – नेपाल इभेन्ट म्यानेजमेन्ट कम्पनीको आयोजना र एन्फाको प्राविधिक...
काठमाडौं – यामाहाका हालै अन्तर्राष्ट्रिय बजारमा सार्वजनिक गरिएका...
यामाहा मोटर इन्डियाले नयाँ आर१५एम मोटरसाइकल भारतीय बजारमा ल्याएको छ ।...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...