यामाहाले ल्यायो दुईवटा फ्यूल टयांक भएको नयाँ अफरोड बाइक
जापनिज टु ह्विलर निर्माता यामाहाले दुईवटा फ्यूल ट्यांक भएको नयाँ अफरोड...
काठमाडौं – यामाहा मोटरसाइकल र स्कुटरको नेपालका लागि आधिकारिक वितरक एमएडब्लू राइड्सले यस वर्षको सबैभन्दा ठूलो एक्सचेन्ज इभेन्ट – यामाहा महाएक्सचेन्ज मेला २०८१ सुरु भएको घोषणा गरेको छ ।
कार्यक्रमको औपचारिक शुभारम्भ आइतबार काठमाडौंको भृकुटीमण्डपमा भएको हो । २९ गतेसम्म जारी रहने मेलाले मोटरसाइकल उत्साहीहरूका लागि मोटरसाइकल एक्सचेन्जको अनुपम अनुभव प्रदान गर्ने कम्पनीले जनाएको छ ।
मेला उद्घाटन गर्दै एमएडब्लू इन्टरप्राइजेजका प्रबन्ध निर्देशक विष्णुकुमार अग्रवालले भने ‘फेरि पनि यामाहा महाएक्सचेन्ज मेलाको आयोजना गर्न पाउँदा हामी हर्षित छौं । यसले मोटरसाइकल उत्साहीहरूलाई आश्चर्यजनक मूल्यमा आफ्नो सवारी अपग्रेड गर्ने अविश्वसनीय अवसर प्रदान गर्दछ । हामीलाई विश्वास छ यो कार्यक्रम मोटरसाइकल प्रेमीहरूका लागि आफ्नो सवारीलाई अपग्रेड गर्ने अवसर मात्र नभई जीवन्त र रोमाञ्चक वातावरणमा दुई पाङ्ग्रे सवारीप्रतिको आफ्नो जोश मनाउनको लागि उत्तम मन्च पनि हो।’
यामाहा महाएक्सचेन्ज मेलाले ग्राहकलाई सुपथ मूल्यमा आफ्नो मोटरसाइकल अपग्रेड गर्ने एउटा असाधारण अवसर प्रदान गर्ने उनको भनाई छ ।

सहभागीहरूले आफ्नो ब्राण्ड–न्यु यामाहा बाइकको खरिदमा एक लाख रूपैयाँसम्मको ग्यारेन्टी नगद छुट प्राप्त गर्न सक्नेछन् । साथै, एमएडब्लू राइड्सले जुनसुकै ब्राण्ड्सका पुराना मोटरसाइकलहरूको ट्रेड–इनको लागि अधिकतम मूल्य सुनिश्चित गर्दै एक लाख रुपैयाँसम्मको अतिरिक्त मूल्याङ्कन पनि प्रदान गर्नेछ ।
यामाहा महाएक्सचेन्ज मेलाका आकर्षणका रूपमा सहभागीहरूले निःशुल्क बाइक हेल्थ कार्डबाट आफ्नो नयाँ सवारी राम्रो अवस्थामा रहेको सुनिश्चित गर्नका लागि निःशुल्क बाइक चेक–अप र स्पार्कलिंग क्लिन स्टार्टको लागि वाश गर्ने सुविधा लिन सक्नेछन् । यस कार्यक्रमले स्टाइलिश अपग्रेडको साथमा सुरक्षा बढाउन डोर प्राइजका रूपमा स्मार्ट हेल्मेट जित्ने अवसर पनि प्रदान गर्नेछ ।
थप रोमाञ्चकताका लागि मेलामा निःशुल्क खेल र उपहारहरू, टेस्ट राइड र विन अफरहरू रहने छन् भने निःशुल्क एसेसरिज प्राप्त गर्नाले आगन्तुकहरूको समग्र अनुभवलाई थप बढाउने निश्चित छ ।
यामाहा महाएक्सचेन्ज मेला मोटरसाइकलमा पाइने अफर र सेवाहरूभन्दा पनि अझै बढि मनोरन्जनले भरिपुर्ण रहनेछ, जहाँ प्रख्यात नेपाली गायक गायिकनहरूको प्रत्यक्ष प्रस्तुतीहरूले वातावरणलाई थप जीवन्त बनाउने छ । मेलामा सहभागीले बैशाख २४ मा शिव परियार, २६ मा महेश काफ्ले र २९ गते मिलन नेवारको सुमधुर गायनको आनन्द लिन सक्नेछन् ।
जापनिज टु ह्विलर निर्माता यामाहाले दुईवटा फ्यूल ट्यांक भएको नयाँ अफरोड...
नेपाली बजारमा यामाहाले हालै लन्च गरेको नयाँ बीएस६ इन्जिनयुक्त मोटरसाइकल...
काठमाडौं– यामाहा नेपालले नेपालको सबैभन्दा ठूलो दुई–पाङ्ग्रे सवारी...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...