भृकुटीमण्डपमा नयाँ यामाहा बाइक स्कुटर साट्ने अवसर

काठमाडौं – राजधानीको भृकुटीमण्डपमा हिजो देखि यामाहा महा एक्सचेन्ज मेला सुरु भएको छ । सो मेलमा जुनसुकै ब्रान्डको पुरानो मोटरसाइकल तथा स्कुटरसँग यामाहाको नयाँ मोटरसाइकल तथा स्कुटर एक्सचेन्ज गर्न सकिन्छ । एक्सचेन्ज गर्दा पुरानो बाइक वा स्कुटरलाई १५ हजार थप मूल्यांकन गरिने कम्पनीले बताएको छ । त्यसैगरी शून्य प्रतिशत ब्याज र थोरै डाउन पेमेन्टमा यामाहा बाइक वा स्कुटर लिन सकिने सुविधा उपलब्ध छ । पुरै नगदमा किन्न चाहनेका लागि १० हजार रुपैयाँ छुट उपलब्ध छ । त्यसैगरी निःशुल्क एसेसरिज र विभिन्न सुविधा उपलब्ध छन् । आगामी चैत ११ सम्म चल्ने सो एक्सचेन्ज मेलामा आफूलाई मन पर्ने बाइक वा स्कुटर टेस्ट राइड गर्न पनि सकिन्छ । टेस्ट राइडमा सहभागीहरुले हेलिकप्टर राइड समेत गर्ने अवसर पाउने सम्भावना छ । यामाहाले हालै नेपाली बजारमा उपलब्ध गराएका बिग बाइकहरु बोल्ट, एमटी ०९ र टीम्याक्स समेत सो मेलामा प्रदर्शन गरिएका छन् । नेपाली बजारमा उपलब्ध यामाहा बाइक र स्कुटर तथा तिनको मूल्य सूची यहाँ हेर्न सकिन्छ ।  

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...