यामाहाले ल्यायो विश्वकै पहिलो एयरब्याग सहितको स्कुटर

काठमाडौं– यामाहाले विश्वमै पहिलो पटक एयरब्याग सहितको स्कुटर सार्वजनिक गरेको छ । जापनिज टु–ह्विलर निर्माताले आफ्नो नयाँ २०२६ यामाहा ट्राइसिटी ३०० स्कुटरमा यात्रुको सुरक्षाका लागि एयरब्याग उपलब्ध गराएको हो ।

हालसम्म चार पांग्रे सवारीमा सुरक्षाका लागि एयरब्याग उपलब्ध हुँदै आएकोमा यामाहाले दुई पांग्रे सवारीमा पनि एयरब्याग सम्भव बनाएको हो । एयरब्याग स्कुटरको अगाडिको लेग–सिल्ड भएको ठाउँमा जडान गरिएको छ ।

यामाहाका अनुसार, सेन्सरले ठक्करको तीव्रता पत्ता लगाउने बित्तिकै मिलिसेकेन्डमै एयरब्याग खुल्छ, जसले चालकको छाती र टाउकोमा हुने सीधा असरलाई कम गर्न सहयोग गर्नेछ ।

ट्राइसिटी ३०० एक थ्री–ह्विलर (तीन पांग्रे) स्कुटर हो, जसमा अगाडि दुईवटा र पछाडि एउटा पाङ्ग्रा हुन्छ । यसले सडकमा उत्कृष्ट सन्तुलन र पकड कायम राख्छ । यो स्कुटरमा २९२ सीसीको सिंगल–सिलिन्डर, लिक्विड–कुल्ड इन्जिन रहेको छ ।

सुरक्षाका लागि यसमा एबीएस र युनिफाइड ब्रेकिङ सिस्टम दिइएको छ । सिटमुनि दुईवटा हेलमेट अटाउने ठूलो स्पेस यामाहाले ट्राइसिटी ३०० उपलब्ध गराएको छ ।

सम्बन्धित समाचारहरू

यामाहाले उत्कृष्ट डिजाइन र एड्भान्स फिचरले सुसज्जित एमटी ०९ एसपी बाइक जुनमा लन्च गर्दै

यामाहाले उत्कृष्ट डिजाइन र एड्भान्स फिचरले सुसज्जित एमटी ०९ एसपी बाइक जुनमा लन्च गर्दै

यामाहाले भारत मोबिलिटी ग्लोबल एक्सपो २०२५ मा एमटी ०९ एसपी प्रदर्शन गरेको...

‘हिमालय रोडिज ४’का लागि डिजिटल अडिसन सुरु, यामाहा मुख्य प्रायोजक

‘हिमालय रोडिज ४’का लागि डिजिटल अडिसन सुरु, यामाहा मुख्य प्रायोजक

हिमालय टेलिभिजनको लोकप्रिय कार्यक्रम ‘हिमालय रोडिज’को चौथो सिजनका लागि...

वर्दिवासमा भएको माइलेज च्यालेन्जमा यामाहा रे जेडआरले दियो ७३.०३ किलोमिटर सम्मको माइलेज

वर्दिवासमा भएको माइलेज च्यालेन्जमा यामाहा रे जेडआरले दियो ७३.०३ किलोमिटर सम्मको माइलेज

यामाहा नेपालको वार्दिवासस्थित शोरुमले हालसालै आयोजना गरेको माइलेज...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...