यामाहा जेन्युइन स्पेयर पार्ट्स अब दराजमा पनि उपलब्ध

काठमाडौं – यामाहा नेपालले ग्राहकमैत्री कदम चालेको छ । जसअनुसार अब यामाहा मोटरसाइकल र स्कुटरका लागि आवश्यक पर्ने जेन्युइन स्पेयर पार्ट्स नेपालकै लोकप्रिय अनलाइन सपिङ साइट दराजमा पाउन सकिन्छ ।

यसबाट देशभरका यामाहा सवारीधनीहरू जुनसुकै ठाउँबाट र जुनसुकै समयमा सहज रूपमा स्पेयर पार्ट्स खरिद गर्न सक्नेछन् । नेपालमा अनलाइन किनमेल क्रमशः बढ्दो क्रममा रहेका बेला यामाहाको यो नयाँ प्रयास निकै सान्दर्भिक रहेको छ ।

ग्राहकहरूले अब शोरूममा गएर स्पेयर पार्ट्स खोज्नु नपर्ने र दराजमा गएर सजिलै स्पेयर पाट्र्सका लहरमा हेर्न र आफूलाई आवश्यक परेको पार्ट्स केही क्लिकमै अर्डर गर्न सकिने कम्पनीको भनाई छ ।

यामाहा नेपालका अनुसार, दराजमा यामाहाका मोटरसाइकल र स्कुटरका लागि छुट्टै यामाहा जेन्युइन स्पेयर पार्ट्सको क्याटलग उपलब्ध गराइएको छ । यी सबै पार्ट्स कम्पनीकै मापदण्डअनुसार गुणस्तर, पर्फर्मेन्स, टिकाउ र सुरक्षाको उच्च स्तर सुनिश्चित हुने गरी निर्माण गरिएका हुन् । यसले सवारीलाई राम्रो अवस्थामा राख्न सहयोग पु-याउँछ ।

सवारी साधनहरू लामो समय टिक्नको लागि जेन्युइन पार्ट्सको प्रयोग महत्वपूर्ण हुन्छ । सस्तो वा नक्कली पार्ट्स प्रयोग गर्दा समस्या आउने, नटिक्ने वा सवारीमै क्षति पु-याउने सम्भावना बढी हुन्छ । अब दराजमा यामाहाका सत् प्रतिशत असली स्पेयर पार्ट्स पाइने भएकाले ग्राहकहरू निश्चिन्त हुन सक्नेछन् ।

सम्बन्धित समाचारहरू

हरेक दिन ३ जनाले ५० इन्चको स्मार्ट टिभी पाउने यामाहाको फेस्टिवल अफर ४ दिनपछि सकिँदै

हरेक दिन ३ जनाले ५० इन्चको स्मार्ट टिभी पाउने यामाहाको फेस्टिवल अफर ४ दिनपछि सकिँदै

यामाहा मोटरसाइकल तथा स्कुटरको नेपालका लागि आधिकारिक वितरक एमएडव्लू...

लगनखेलमा ‘यामाहा ब्लु फेस्ट’को आयोजना, यस्ता छन् आकर्षण

लगनखेलमा ‘यामाहा ब्लु फेस्ट’को आयोजना, यस्ता छन् आकर्षण

काठमाडौं–ललितपुरको लगनखेलमा ‘यामाहा ब्लु फेस्ट २०८२’ सुरु भएको छ ।...

हिमालय रोडिज सिजन ७ को टाइटल स्पोन्सरमा यामाहा नेपालको निरन्तरता

हिमालय रोडिज सिजन ७ को टाइटल स्पोन्सरमा यामाहा नेपालको निरन्तरता

काठमाडौं–यामाहा नेपालले नेपालको चर्चित रियालिटी शोहिमालय रोडिजको सातौं...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...