यामाहा एफजेडएक्स हाइब्रिडको २०२५ संस्करण सार्बजनिक, मूल्य कति ?

यामाहाले आफ्नो लोकप्रिय मोटरसाइकल एफजेडएक्स हाइब्रिडको २०२५ संस्करण लन्च गरेको छ । १ लाख ५० हजार भारु मूल्य तोकिएको यस मोटरसाइकलमा अब टर्न–बाई–टर्न नेभिगेसनको साथ कलर टिएफटी इन्स्ट्रुमेन्ट कन्सोल जस्ता नयाँ फिचर राखिएको छ ।

बाइकमा गोलाकार हेडल्याम्प, उठेको ह्यान्डलबार र सिंगल–पीस स्टेप्ड सिट सहितको पुरानै नियो–रेट्रो डिजाइन पाउन सकिन्छ । दुबै चक्कामा अलोय ह्विल जडान गरिएको सो नयाँ संस्करणमा यामाहाले ४.२ इन्चको टिएफटी डिस्प्ले उपलब्ध गराएको छ, जसले वाई कनेक्ट एपमार्फत स्मार्टफोन कनेक्टिभिटीलाई सपोर्ट गर्दछ । इनबिल्ट गुगल म्याप उपलब्ध यस बाइकले रियल–टाइम–डाइरेक्सन, नेभिगेसन इन्डेक्स, इन्टरसेक्सन डिटेल्स र सडकको नाम समेत प्रदान गर्दछ ।

बाइकमा १४९ सीसी, सिंगल–सिलिन्डर, एयर–कूल्ड, फ्युल–इन्जेक्टेड इन्जिन जडान गरिएको छ, जसले ७,२५० आरपीएममा १२.२ बीएचपी र ५,५०० आरपीएममा १३.३ एनएम टर्क जेनेरेट गर्दछ । इन्जिनलाई ५–स्पीड गियरबक्समा जोडिएको छ ।

सस्पेन्सन सेटअपको कुरा गर्नुपर्दा एफजेडएक्समा टेलिस्कोपिक फ्रन्ट फोर्क र पछाडि ७–स्टेप एड्जस्टेवल मोनो–शक समावेश गरिएको छ । सुरक्षाका लागि बाइकको दुबै चक्कामा डिस्क ब्रेक सहित सिंगल च्यान एबिएस राखिएको छ । साथै यसमा ट्रयाक्सन कन्ट्रोल सिस्टम समेत पाउन सकिन्छ ।

सम्बन्धित समाचारहरू

वर्दिवासमा भएको माइलेज च्यालेन्जमा यामाहा रे जेडआरले दियो ७३.०३ किलोमिटर सम्मको माइलेज

वर्दिवासमा भएको माइलेज च्यालेन्जमा यामाहा रे जेडआरले दियो ७३.०३ किलोमिटर सम्मको माइलेज

यामाहा नेपालको वार्दिवासस्थित शोरुमले हालसालै आयोजना गरेको माइलेज...

बीएस६ मा जान कार र मोटरसाइकललाई छैन समस्या, कमर्सियलमा भने यस कारण हुन सक्छ समस्या

बीएस६ मा जान कार र मोटरसाइकललाई छैन समस्या, कमर्सियलमा भने यस कारण हुन सक्छ समस्या

सवारीसाधनको प्रदूषण मापदण्ड बीएस३ बाट एकैपटक बीएस६ मा जाने सरकारी...

एनएसएल सिजन ३ को काठमाडौं रेजर्सको टाइटल स्पोन्सर बन्यो यामाहा रेजेडआर १२५ एफआई हाइब्रिड

एनएसएल सिजन ३ को काठमाडौं रेजर्सको टाइटल स्पोन्सर बन्यो यामाहा रेजेडआर १२५ एफआई हाइब्रिड

काठमाडौं – यामाहा रेजेडआर १२५ एफआई हाइब्रिडले नेपाल सुपर लिग (एनएसएल)...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...