बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
यामाहा मोटर इन्डियाले लोकप्रिय बाइक एफजेडएस एफआईको भिन्टेज एडिसन लन्च गरेको छ । यामाहाले एफजेडएस एफआईको भिन्टेज एडिसनको लुकमा केही परिवर्तन गरेको छ । साथै बाइकमा नयाँ भिन्टेज ग्राफिक्स पनि समावेश गरिएको छ ।
सो बाइक पुरानो मोडल नै हो तर यसमा केही कस्मेटिक अपडेट गरिएको छ । जसमा सिंगल पिस लेदर फिनिस्ड सिटको साथमा भिन्टेज ग्रीन शेड समावेश गरिएको छ ।
सो बाइकको एक्स शोरुम मूल्य १ लाख ९ हजार भारु तोकिएको छ । सो बाइक पुरानो मोडलको तुलनामा ५ हजार महँगो रहेको छ ।
यामाहा एफजेडएस एफआई भिन्टेज एडिसनमा ब्लुटुथ कनेक्टिभिटी सपोर्टको साथमा लन्च गरेको छ । जसमा यामाहा मोटरसाइकल कनेक्ट एक्स एपको मदतले फोन कनेक्ट गर्न सकिन्छ । यामाहा एपको माध्यमले युजर राइडिङ हिस्ट्री, बाइक लोकेसन, ई–लक, पार्किङ रेकर्ड समेत अन्य फिचरको लाभ पनि लिन सकिन्छ ।
भिन्टेज एडिसनको इन्जिनमा कम्पनीले केही परिवर्तन गरेको छैन । सो बाइकमा १४९ सीसी इन्जिन समावेश गरिएको छ । जसले १२.२ बीएचपीको पावर र १३.६ एनएमको टर्क जेनेरेट गर्छ । सो बाइकमा ५ स्पिड गियरबक्स समावेश गरिएको छ । सो बाइकमा सिंगल च्यानल एबीएसको साथमा २८२ एमएमको फ्रन्ट डिस्क ब्रेक र २२० एमएम रियर डिस्क ब्रेक समावेश गरिएको छ ।
यामाहा एफजेडएस एफआई भिन्टेज एडिसनमा नयाँ लेदर फिनिसको प्रयोग गरिएको छ । साथै यसको सिट उच्च र चौडा पारिएको छ । सो बाइकमा २ लेवलको सिट पहिला नै समावेश गरिएको छ । साथै सो बाइकमा नयाँ एलईडी हेडल्याम्प समावेश गरिएको छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...