यामाहाले ल्याउँदै छ नयाँ स्पोर्टी कम्युटर बाइक एफजेड–एक्स

यामाहा नयाँ स्पोर्टी कम्युटर बाइक लन्च गर्ने तयारीमा रहेको छ । आकर्षक लुक र शानदार फिचर भएको सो बाइक एफजेड–एक्स कम्पनीले यही वर्ष लन्च गर्ने सम्भावना रहेको छ । यामाहाको नयाँ कम्युटर बाइक भारतमा मार्च २०२१ मा परीक्षणको समयमा देखा परेको थियो ।

यामाहाले एफजेड–एक्स गएको वर्ष रजिस्टर गराएको थियो । रिपोर्ट अनुसार सो नामको प्रयोग यामाहा एफजेड सिरिजको कुनै एड्भेन्चर बाइकमा प्रयोग गरिनेछ, तर यसको सम्भावना कम रहेको छ ।

सो बाइकमा १४९ सीसी एफजेडएस–एफआई प्लेटफर्मको प्रयोग गरिनेछ । जसले ७२५० आरपीएममा १२.४ बीएचपीको पावर जेनेरेट गर्छ । सो इन्जिनमा ५ स्पिड ट्रान्समिसनको विकल्प रहेको छ ।

सो बाइकको लम्बाई २०२० एमएम, चौडाई ७८५ एमएम, उचाई १११५ एमएम र ह्वीलबेस १३३० एमएम रहेको छ । एफजेडएस–एफआईको लम्बाई १९९० एमएम, चौडाई ७८० एमएम र उचाई १०८० एमएम रहेको छ । यामाहाको नयाँ बाइक २०२१ को अन्तमा लन्च गर्ने सम्भावना रहेको छ ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...