नयाँ वर्ष अफर : यामाहा बाइक वा स्कुटर किन्दा बम्पर पुरस्कार २०.७८ लाख पाइने

काठमाडौं – यामाहा नेपालले नयाँवर्ष २०७८ को लागि आफ्नो प्रवद्र्धनात्मक फ्रिडम इनिसिएटेड (एफआई) नयाँवर्ष २०७८ योजना अघि ल्याएको छ । नवउत्सवलाई ज्यादा रोमाञ्चक एवं बृहत् बनाउँदै यामाहा नेपालले प्रत्येक महिनाको भाग्यशाली विजेतालाई बम्पर पुरस्कार वापत् २०.७८ लाख रुपैयाँ प्रदान गर्ने घोषणा गरेको छ । साथै स्क्य्राच कार्डमार्फत ग्राहकहरुले २.०७८ लाख रुपैयाँसम्मका सयौं पुरस्कारहरु हरेक हप्ता हात पार्न सक्नेछन् । ग्राहकवर्गलाई थप सुविधा दिने उद्देश्यका साथ यामाहा नेपालले उत्कृष्ट वित्तीय योजन ापनि प्रस्तुत गरेको बताएको छ, जस अनुसार मोटरसाइकल तथा स्कुटरहरु ० प्रतिशत ब्याज वा न्यून डाउनपेमेन्ट र न्यून ईएमआई.सुविधाका साथ पाउन सकिन्छ । नयाँ वर्षका प्रवद्र्धनात्मक योजनाका बारेमा जानकारी दिंदै यामाहा नेपालका सीईओ चरञ्जिवि शाहले २०७७ कोभिडका कारण कठिन भए तापनि नयाँ वर्ष २०७८ ले उत्साह र खुशीयाली लिएर आउने अपेक्षा गरेको र सोही अपेक्षालाई दृष्टिगत गरेर यामाहाले ल्याएको योजनाले ग्राहकवर्गलाई फाइदा पुग्ने अपेक्षा गरेका छन् । यामाहा नेपालमा फ्युल इन्जेक्टेड मोटरसाइकल र फ्युल इन्जेक्टेड स्कुटरहररु उपलब्ध गराउने पहिलो ब्रान्ड बन्दै अत्याधुनिक प्रविधियुक्त दुई पाँग्रे सवारी साधनहरुको बजारमा अग्रणी रहँदै आएको बताएको छ । फ्युल इन्जेक्टेड अर्थात एफआई इन्जिनको लागि प्रसिद्ध भएकाले यामाहाको नेपालका लागि आधिकारिक वितरक एमएडब्ल्यु इन्टरप्राइजेजले त्यही एफआई शब्दलाई नयाँ वर्षको लागि समेत प्रवद्र्धन गरिरहेको छ । एफआईलाई अब फ्युल इन्जेक्टेडको सट्टा फ्रिड इनिसिएटेड नाम राखेको हुन सक्छ ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...