यामाहाको ब्लु स्क्वायर शोरुम अब धरानमा पनि

काठमाडौं– यामाहा मोटरसाइकल तथा स्कुटरको नेपालका लागि आधिकारिक वितरक एमएडब्लु इन्टरप्राइजेजले धरानमा नयाँ ब्लु स्क्वायर शोरुम सञ्चालनमा ल्याएको छ । कम्पनीले यसअघि काठमाण्डौको नक्साल, भक्तपुरको कौशलटार र चीतवनको भरतपुरमा ब्लु स्क्वायर शोरुम सञ्चालनमा ल्याइसकेको छ ।

नयाँ अवधारणमा तयार पारिएको यस प्रकारको शोरुम दुईपाङ्ग्रे सवारी उद्योगकै सबैभन्दा अत्याधुनिक भएको कम्पनी दावी छ । यामाहाको विश्वव्यापी नयाँ अवधारणामा तयार पारिएको ब्लु स्क्वायर शोरुममा ग्राहकले यामाहाको ग्लोबल मोटर स्पोर्ट लिगेसीलाई आत्मसाथ गर्न पाउने जनाइएको छ । सम्पूर्ण राईडरले आफ्नो राईडिङ प्रतिको चाहना र उत्साहलाई हरेक कुनाबाट अनुभव गर्नसक्ने स्थानको रुपमा ब्लु स्क्वायर शोरुमलाई लिईएको कम्पनी भनाई छ ।

कम्पनीका अनुसार ब्लु कलरले यामाहा ब्राण्डको रंगलाई जनाउँछ भने स्क्वायर ले ‘वान स्टप बायिंग जंक्शन’ लाई जनाउँछ । जहाँ ग्राहकले एकै ठाउँबाट मोटरसाइकल र स्कुटरका सरसामान र कपडा खरिद गर्न पाउने सुविधाको अनुभव लिन सक्नेछन् ।

शोरुममा ग्राहकले परिष्कृत सेवा अनुभव गर्नु को साथै छिटो र निजीकृत सेवा प्रदान गरिने जानकारी गराईएको छ । यामाहाका ग्राहकले अझ नजिकबाट यामाहा ब्राण्ड र उपलव्धतालाई महसुस गर्न पाउनुको साथै डिजिटल प्रविधिमार्फत क्यूआर कोड स्क्यान गरेर ब्रोशरहरु प्राप्त गर्न सक्नेछन् ।

स्थापना कालदेखि नै ग्राहकहरुको सुविधालाई उच्च प्राथमिकतामा राख्दै आएको मा ब्लु स्क्वायरको उत्कृष्ट प्रविधि र पूर्वाधारहरुले यामाहा ब्राण्डमा ग्राहकको भरोसा बढ्ने र ग्राहकको सन्तुष्टिमा वृद्धि गर्ने कम्पनिको ठहर छ । साथै भविष्यमा यामाहाले यसप्रकारका शोरुमहरू नेपालभर सञ्चालनमा ल्याउने योजना बनाएको छ ।

सम्बन्धित समाचारहरू

मोटोजीपी अवलोकनका लागी यामाहा नेपालले पठायो ९ जना राइडरलाई भारत

मोटोजीपी अवलोकनका लागी यामाहा नेपालले पठायो ९ जना राइडरलाई भारत

काठमाडौं– भारतमा आयोजना हुने पहिलो मोटोजीपी अवलोकनका लागी ९ जना राइडर...

नेपाल सुपर लिगको उपाधि काठमाडाैं रेजर्सलाई

नेपाल सुपर लिगको उपाधि काठमाडाैं रेजर्सलाई

काठमाडौं- काठमाडौं रेजर्सले पहिलो नेपाल सुपर लिग-एनएसएल फुटबल...

नेपाली बजारमा आयो यामाहाको आर१५ भी३ बीएस६, यस्तो छ मूल्य र विशेषता

नेपाली बजारमा आयो यामाहाको आर१५ भी३ बीएस६, यस्तो छ मूल्य र विशेषता

काठमाडौं – नेपाली बजारमा यामाहाको बीएस६ मोडलको आर१५ भी३ भित्रिएको छ ।...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...