यामाहाले ल्यायो अर्को इलेक्टिक स्कुटर ईएमएफ, यस्तो छ रेन्ज र फिचर

यामाहाले नयाँ इलेक्ट्रिक स्कुटर ईएमएफ ताइवानमा सार्वजनिक गरेको छ, जसको बिक्री केही दिनमा सुरु हुनेछ । नयाँ ईएमएफ इलेक्ट्रिक स्कुटर, ईसी–०५ पछि यामाहाको दोस्रो इलेक्ट्रिक स्कुटर हो, जुन २०१९ मा विश्वव्यापी रूपमा पेश गरिएको थियो ।

नयाँ यामाहा ईएमएफ ताइवानको ब्याट्री र टेक्नोलोजी कम्पनी गोगोरोसँगको सहकार्यमा विकास भएको दोस्रो इलेक्ट्रिक स्कुटर हो । हिरो मोटोकर्पले पनि आगामी इलेक्ट्रिक सवारीका लागि गोगोरासँग सहकार्य गरेको छ । यामाहा ईएमएफ पूर्णतया नयाँ प्लेटफर्ममा निर्माण गरिएको हो ।

स्कुटरमा मिनिमल फ्रन्ट एप्रोन र भर्टिकल स्ट्याक्ड ट्विन पोड हेडलाइट क्लस्टरसहितको फ्युचरिस्टिक डिजाइन दिइएको छ । स्कुटरमा आफ्टरबर्नर स्टाइल ड्युअल एलईडी टेललाइट, ट्रेन्डी रियरभ्यु मिरर, डिजिटल इन्स्ट्रयुमेन्ट कन्सोल, सिंगल पिस सिट र बीफी टायर प्रोफाइल समावेश गरेको छ । सो स्कुटर ३ रङमा लन्च गरिएको छ ।

स्कुटरमा पार्किङ लोकेशन, टर्न बाई टर्न नेभिगेसन र फ्लिट व्यवस्थापन प्रणाली जस्ता केही उन्नत फिचर पनि समावेश गरिएको छ ।

स्कुटर शक्तिशाली इलेक्ट्रिक मोटरद्वारा संचालित छ, जसले अधिकतम १०.३० बीएचपी पावर र २६ एनएमको टर्क जेनेरेट गर्छ । सो स्कुटरले ३ सेकेन्डमा ० देखि ५० किलोमिटर प्रतिघन्टाको गति लिन सक्छ ।

यामाहा ईएमएफ एक उच्च गतिको इलेक्ट्रिक स्कुटर हो । यो स्कुटर ८० देखि १०० किलोमिटर प्रतिघन्टाको टप स्पिडमा गुड्ने क्षमता रहेको छ । स्कुटरको फ्रन्टमा २०० एमएम र पछाडि १९० एमएमको डिस्क ब्रेक जडान गरिएको छ ।

सम्बन्धित समाचारहरू

सवारी एसेम्बल उद्योगमा दिइएको सहुलियत गुम्ने डर, यस्ता छन् नेपालमा एसेम्बल उद्योग र सम्भावना

सवारी एसेम्बल उद्योगमा दिइएको सहुलियत गुम्ने डर, यस्ता छन् नेपालमा एसेम्बल उद्योग र सम्भावना

सरकारले ल्याउन लागेको बजेटमा सवारी साधन एसेम्बलिङ्ग उद्योगहरुलाई दिइदै...

विद्युतीय सवारी साधनको अन्तःशुल्क पुरै खारेज, भन्सार शुल्क पनि उल्लेख्य घट्यो

विद्युतीय सवारी साधनको अन्तःशुल्क पुरै खारेज, भन्सार शुल्क पनि उल्लेख्य घट्यो

काठमाडौं – सरकारले विद्युतीय सवारी साधनमा लाग्दै आएको अन्तःशुल्क पुरै...

युरोपमा सस्तो ईभीको दौड तीव्र, चिनियाँ ब्रान्डको दबाबमा ठूला अटो निर्माता सक्रिय

युरोपमा सस्तो ईभीको दौड तीव्र, चिनियाँ ब्रान्डको दबाबमा ठूला अटो निर्माता सक्रिय

युरोपेली बजारमा चिनियाँ विद्युतीय सवारीसाधन (ईभी) ब्रान्डहरूको प्रभाव...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...