नयाँ फिचर सहित आयो यामाहा एफजेड एफआई र एफजेडएस एफआई

यामाहा मोटर इन्डिया लिमिटेडले भारतीय बजारमा यामाहा एफजेड एफआई र एफजेडएस एफआईको अपडेट भर्सन लन्च गर्ने घोषणा गरेको छ । सो बाइकको एक्स शोरुम मूल्य क्रमशः १ लाख ३ हजार र १ लाख ७ हजार भारु हुनेछ ।

उक्त मूल्य पुरानो मोडलको भन्दा क्रमशः १० हजार र २ हजार ५ सय भारु महँगो रहेको छ । नयाँ एफजेडएस एफआई नयाँ मेट रेड कलर, डार्क मेड ब्लु, मेट ब्ल्याक, डार्क नाइट र भिन्टेज एडिसनमा उपलब्ध रहेको छ ।

बाइकमा नयाँ प्रविधिको रुपमा साइड स्ट्यान्ड इन्जिन कटअफ स्विच र यामाहा मोटरसाइकल कनेक्ट एस फिचर रहेको छ ।

सो बाइकमा ब्लुटुथ प्रविधिको प्रयोग गरिएको छ । जसलाई स्मार्टफोन एप्लिेकेसनको माध्यमले कनेक्ट गर्न सकिन्छ । सो बाइकमा साइड स्ट्यान्ड इन्जिन कटअफ स्विच समावेश गरिएको छ । जबकि बाइकको तौलमा २ किलोग्राम घटाएर १३५ किलोग्राम भएको छ ।

पावरको लागि सो बाइकमा १४९ सीसीको सिंगल सिलिन्डर फ्युल इन्जेक्टेड एयर कुल्ड बीएस६ इन्जिन समावेश गरिएको छ । यसको पावर र टर्क रेसियोमा केही परिवर्तन गरिएको छैन । सो बाइक ले १२.२ बीएचपीको पावर र १३.६ एनएमको टर्क जेनेरेट गर्छ । उक्त बाइकमा थ्रीडी लोगो पनि समावेश गरिएको छ ।

सो बाइकमा फाइभ स्पिड पावरट्रेनको ट्रान्समिसन समावेश गरिएको छ । सो बाइकमा एलईडी हेडल्याम्प युनिट, सिंगल पीस स्यान्डल, १४० एमएम चौडाई रियर रेडियल टायर र सिंगल च्यानल एबीएस सिस्टम रहेको छ ।

सो बाइकको फ्युल ट्यांक क्षमता १३ लिटरको रहेको छ । सो बाइकले होन्डा एक्सब्लेड, बजाज पल्सर एनएस१६० र टीभीएस अपाचे आरटीआर १६० ४भीसँग प्रतिस्पर्धा गर्नेछ ।

नेपाली बजारमा यो बाइक आउन भने अझै केही समय लाग्ने छ ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...