प्रोटोन इमास ७ को पान नेपाल भ्रमण सुरु
काठमाडौं – नेपालको बहुप्रतीक्षित ईभी कार प्रोटोन इमास ७ को काठमाडौँबाट...
काठमाडौं–याडिया इलेक्ट्रिक स्कुटरको नेपालका लागि आधिकारिक वितरक कुजु नेपाल प्रालिले ‘कुलजोय’ नामक स्मार्ट र सुविधा सम्पन्न इलेक्ट्रिक साइकल लन्च गरेको छ । कम्पनीले यसको मूल्य ९९ हजार रुपैयाँ निर्धारण गरेको छ ।
थ्रोटल र पेडल असिस्ट सुविधा रहेको यसलाई साइकल र स्कुटरका रुपमा पनि चलाउन सकिन्छ । यस इलेक्ट्रिक साइकलमा ४८ भोल्ट २३ एम्पियर आवर क्षमताको ग्राफिन ब्याट्री जडान गरिएको छ, जसले सिंगल एकपटकको चार्जमा ६० किलोमिटरसम्मको रेन्ज दिने दाबी गरिएको छ । साथै, यसमा ३५० वाट क्षमताको मोटर र २५ किलोमिटर प्रतिघण्टा गति भएकाले नेपालमा लाइसेन्स आवश्यक पर्दैन ।
यो सवारी विद्यार्थी, गृहिणी, अफिस जाने कर्मचारी, डेलिभरी राइडर र बृद्धबृद्धा सबैका लागि उपयुक्त हुने कम्पनीको भनाई छ । पेडल असिस्टका कारण यसलाई चलाउने क्रममा ब्याट्री सकिए पनि सहज रूपमा यात्रा गर्न सकिन्छ । यो इलेक्ट्रिक साइकल सबैका लागि स्वतन्त्र र स्वच्छ मोबिलिटीको राम्रो विकल्प रहेको कुजु नेपालका प्रवक्ताले बताए ।
यस स्मार्ट साइकलमा एनएफसी स्मार्ट अनलक, डिजिटल ड्यासवोर्ड, १७० किलोग्राम भार क्षमता, अगाडी सामान राख्ने वास्केट, वाटरप्रुफ एलईडी लाइट, दुबै चक्कामा ड्रम ब्रेक र टयुवलेस टायर लगायत विशेषता पाउन सकिन्छ । कम्पनीले यसमा २ वर्ष अर्थात २० हजार किलोमिटर वारेन्टि समेत उपलब्ध गराउने जनाएको छ ।
काठमाडौं – नेपालको बहुप्रतीक्षित ईभी कार प्रोटोन इमास ७ को काठमाडौँबाट...
जापानका दुई ठुला प्रविधि तथा अटोमोबाइल कम्पनी साेनी र होन्डाद्वारा...
काठमाडौं – नेपाली बजारमा एसएआईसी ग्रुप अन्तर्गतको चिनियाँ ब्रान्ड...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...