याडियाका तीन मोडलका प्रिमियम इलेक्ट्रिक स्कुटर नेपालमा, सुरुवाती ग्राहकलाई २५ हजार छुट

काठमाडौं – विश्वकै सर्वाधिक सफल इलेक्ट्रिक दुईपाङ्ग्रे सवारी साधन निर्माता कम्पनी याडियाका स्कुटर नेपाली बजारमा भित्रिएका छन् । याडिया ब्राण्डका प्रिमियम स्कुटर कुजु नेपाल प्रालिले नेपालमा विक्री सुरु गरेको हो ।

चिनियाँ ब्राण्ड याडियाका स्कुटर ८० भन्दा धेरै देशमा विक्री हुँदै आएको छ भने सन् २०२० मा सार्वाधिक धेरै इलेक्ट्रिक स्कुटर विक्री गर्ने कम्पनी पनि बन्न सफल भएको छ ।

कुजु नेपाल प्रालिले याडिकाको युरोपियन स्ट्यान्डर्डका नेपाली बजार सुहाउँदो उत्कृष्ट स्कुटर नेपाली बजारमा ल्याएको जानकारी गराएको छ । अहिले याडियाका ‘जी फाइभ, सि वान एस र एस–लाइक’ गरी तीन मोडलका स्कुटर टंगालमा रहेको सुविधा सम्पन्न शोरुमबाट बिक्री–वितरण भइरहेको कम्पनीको भनाइ छ ।

जी ५

झट्ट हेर्दा आकर्षक डिजाइनमा आएको जी ५ स्कुटरमा जिटीआर ३.० ब्रोडव्याण्ड मोटर प्रयोग गरिएको छ । उक्त मोटरले अधिकतम २३०० वाट पावर प्रदान गर्छ भने यसको रेटेड पावर १२०० वाट रहेको छ । त्यस्तै यो मोटरले अधिकतम १२० एनएम टर्क जेनेरेट गर्छ । यो मोटर आइपी ५७ वाटरप्रुफ रेटेड रहेको छ । यो स्कुटरलाई ६० किलोमिटर प्रतिघन्टाको रफ्तारमा चलाउन सकिन्छ ।

जी५ मा ६० भोल्ट, ३२ एम्पीयरको पानासोनिक लिथियम आयोन व्याट्री प्याक उपलब्ध छ । यसालाई फुल चार्ज गर्न ६ घन्टा समय लाग्छ । यसले एक पटकको फुल चार्जमा ८० किलोमिटर रेञ्ज प्रदान गर्छ । यो ब्याट्रीको लाइफ सर्कल ८०० रहेको छ । यसमा प्रयोग भएको व्याट्री माइनस २० देखि ५५ डिग्री सेन्टिग्रेट तापक्रममा काम गर्न सक्छ भने यो सर्ट सर्किट, ओभर करेन्ट प्रोटोक्सन र ओभर चार्ज प्रोटेक्सन फिचर रहेको छ ।

याडिया जि ५ मा ७ इन्चको डिजिटल इन्स्टुमेन्ट क्लस्टर रहेको छ । यसको फ्रन्ट फर्क उच्च गुणस्तरको आल्मुनियमद्वारा निर्माण गरिएको छ । त्यस्तै १२ इन्चको ट्युवलेस टायर, दुबै चक्कामा डिस्क ब्रेक र सबै प्रकारका लाइहरु एलईडी प्रयोग गरिएको छ । यसमा २६ लिटरको स्टोरेज क्षमता पाउन सकिन्छ ।

यसको मूल्य ३ लाख ३० हजार रुपैयाँ निर्धारण गरिएको छ ।

सि १ एस

याडिया सि १ एसमा जी ५ कै समान जिटीआर ३.० ब्रोडव्याण्ड मोटर प्रयोग गरिएको छ । उक्त मोटरले अधिकतम २२०० वाट पावर प्रदान गर्छ भने यसको रेटेड पावर १८०० वाट रहेको छ । त्यस्तै यो मोटरले अधिकतम १३८ एनएम टर्क जेनेरेट गर्छ । यो स्कुटरको टप स्पीड क्षमता ६० किलोमिटर प्रतिघन्टा रहेको छ ।

यसमा ६० भोल्ट, ३२ एम्पियरको पानासोनिक लिथियम आयोन व्याट्री प्याक उपलब्ध छ । यसालाई फुल चार्ज गर्न ६ घन्टा समय लाग्छ । यसले एक पटकको फुल चार्जमा ८० किलोमिटर रेन्ज प्रदान गर्छ । यो ब्याट्रीको लाइफ सर्कल ८०० रहेको छ । यस्तै यो व्याट्री माइनस २० देखि ५५ डिग्रिसेन्टीग्रेट तापक्रममा काम गर्न सक्छ ।

यसमा ९ प्रकारको सेफ्टी प्रोटेक्सन रहेको छ । यसमा सर्ट सर्किट प्रोटेक्सन, ओभर करेन्ट प्रोटेक्सन, ओभर चार्ज प्रोटेक्सन, ओभर डिस्चार्ज प्रोटेक्सन, प्रि डिस्चार्ज प्रोटेक्सन, सन्तुलित फंक्सन, ओभर टेम्प्रेचर प्रोटेक्सन, राइडिङ मोडजस्ता फिचर रहेको छ ।

याडिया सि १ एसमा ५ इन्चको डिजिटल इन्स्टुमेन्ट क्लस्टर रहेको छ । त्यस्तै यसमा स्मार्ट कि–लेस इन्टिग्रेटेड शोलुसन सिस्टम रहेको छ । यसको फर्क उच्च गुणस्तरको आल्मुनियमद्वारा निर्माण गरिएको छ । त्यस्तै यसमा १२ इन्चको ट्युवलेस टायर, दुबैतर्फ डिस्क ब्रेक, २५ लिटरको स्टोरेज क्षमता रहेको छ ।

यसको मूल्य ३ लाख ५० हजार रुपैयाँ तोकिएको छ ।

एस–लाइक

याडिया एस–लाइकमा पनि जिटीआर ३.० ब्रोडव्याण्ड मोटर प्रयोग गरिएको छ । उक्त मोटरले अधिकतम १२०० वाट पावर प्रदान गर्छ भने यसको रेटेड पावर २००० वाट रहेको छ । त्यस्तै यो मोटरले अधिकतम १२० एनएम टर्क जेनेरेट गर्छ । यो मोटर आइपी ५७ वाटरप्रुफ रेटेड रहेको छ । यो स्कुटरको टप स्पीड ५० किलोमिटर प्रतिघन्टा रहेको छ ।

यसमा ६० भोल्ट, २४ एम्पीयरको लिथियम आयोन व्याट्री प्याक उपलब्ध छ । यसलाई फुल चार्ज गर्न ६ घन्टा समय लाग्छ । यसले एक पटकको फुल चार्जमा ६० किलोमिटर रेन्ज प्रदान गर्छ । यसमा डबल ब्याट्रीको सुबिधा समेत रहेको छ । यो ब्याट्रीको लाइफ सर्कल ८०० रहेको छ । यसमा सर्ट सर्किट, ओभर करेन्ट प्रोटोक्सन, सक प्रोटेक्सन र ओभर चार्ज प्रोटेक्सन जस्ता पाउन सकिन्छ ।

याडिया एस–लाइकमा ४.२ इन्जको डिजिटल इन्स्टुमेन्ट क्लस्टर रहेको छ । यसमा रहेको एलसीडी डिस्प्ले दिनमा तथा रातमा आफै एड्जष्ट हुनेछ । यसको फर्क उच्च गुणस्तरको आल्मुनियमद्वारा निर्माण गरिएको छ । त्यस्तै यसमा १२ इन्चको ट्युवलेस टायरको प्रयोग गरिएको छ भने यसको फ्रन्टमा डिस्क र रियरमा ड्रम ब्रेक उपलब्ध छ । यसमा १८ लिटरको स्टोरेज क्षमता रहेको छ ।

यसको मूल्य २ लाख ३० हजार रुपैयाँ तोकिएको छ ।

सुरुवाती ग्राहकलाई २५ हजार नगद छुट ।

कुजु नेपाल प्रालिले याडिया ब्राण्ड नेपालमा सार्वजनिक गरेको उपलक्ष्यमा प्रत्येक स्कुटरको खरिदमा २५ हजार नगद छुट दिने घोषणा गरेको छ । सुरुमा याडिया ब्राण्ड रोज्ने १५ ग्राहकलाई यो नगद छुट प्रदान गरिने कम्पनीको भनाइ छ ।

सम्बन्धित समाचारहरू

लुयानले ल्यायो प्रि-मनसुन अफर, एस ७० प्रो किन्दा ३० हजार छुट

लुयानले ल्यायो प्रि-मनसुन अफर, एस ७० प्रो किन्दा ३० हजार छुट

काठमाडौं–लुयान स्कुटरको नेपालका लागि आधिकारिक वितरक जिरो इमिसन राइड एनले...

डल्फिन र एट्टो ३ बनेको ई–प्लेटफर्म ३.० के हो ? के छ यसको विशेषता ?

डल्फिन र एट्टो ३ बनेको ई–प्लेटफर्म ३.० के हो ? के छ यसको विशेषता ?

नेपालमा इलेक्ट्रिक कार खरिद गर्ने अधिकांश ग्राहकले फिचर र रेन्जमा बढी जोड...

चार्जिङ पूर्वाधार तयार गर्दै मारुती सुजुकी, पुलकार, चार्ज हब र स्मार्ट चार्ज पेटेन्ट

चार्जिङ पूर्वाधार तयार गर्दै मारुती सुजुकी, पुलकार, चार्ज हब र स्मार्ट चार्ज पेटेन्ट

मारुती सुजुकीले भविष्यका लागि आफ्नो रणनीति तयार पारेको छ । यसैलाई ध्यानमा...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...