देशभर बीवाईडीका ४३ फास्ट चार्जर, ईभी चार्जिङका लागि चिन्ता नलिन आग्रह
काठमाडौं – नेपालका लागि बीवाईडी ईभीको आधिकारिक वितरक साइमेक्स इंकले देशभर...
काठमाडौं– याडिया इलेक्ट्रिक स्कुटरको नेपालका लागि आधिकारिक वितरक कुजु नेपाल प्रालिले ‘इपोक’ स्कुटरको बिक्री सुरु गरेको छ । यस नयाँ स्कुटर नेपाली उपभोक्ताका लागि आधुनिक, आकर्षक र वातावरणमैत्री इलेक्ट्रिक मोबिलिटीको नयाँ विकल्प भएको दाबी गरिएको छ । कम्पनीले यसको मूल्य २ लाख ३५ हजार निर्धारण गरेको छ ।
याडिया इपोकमा ७२ भोल्ट ३८ एम्पियर आवरको ग्रेफिन ब्याट्री जडान गरिएको छ । जसलाई एकपटक फुल चार्ज गर्दा १५० किलोमिटर रेन्ज दिने दाबी गरिएको छ । साथै यसमा जडान गरिएको ३ हजार वाट क्षमताको ह्विल हब मोटरले १५० एनएम टर्क प्रदान गर्दछ । १२ डिग्रीको उकालोमा ३० मिनेसम्म लगातार चलाउन सकिने यस स्कुटर १६ डिग्रीसम्मको ढलानयुक्त उकालो चढ्न सक्षम छ ।
स्कुटरमा ३८० एमएम पेडल स्पेस राखिएको छ, जसले थप आरामदायक यात्राको सुनिश्चितता गर्छ भने ६३० एमएम लामो सिटका कारण दुईजना यात्रुले आरमदायी यात्रा गर्न सक्नेछन् । साथै यसमा ३० लिटर क्षमतको स्टोरेज बक्स राखिएको छ ।
सुरक्षित यात्राका लागी यसको दबै चक्कामा डिस्क ब्रेक जडान गरिएको छ ।
मोटरसाइकलको जस्तै शक एब्जर्भरका कारण असमान सडकमा पनि स्थिर र सहज यात्रा गर्न सकिन्छ । यस स्कुटरमा १७० एमएम ग्राउन्ड क्लिरियन्स दिइएको छ ।
याडिया एपमार्फत नै लक र अनलक गर्न मिल्ने यस स्कुटरमा ग्रिल आकारको आकर्षक हेडलाइट र कार ग्रेड स्टोभिङ फिनिशिङ दिइएको छ । कम्पनीले यसको ब्याट्री र मोटरमा २ वर्ष अर्थात २० हजार किलोमिटर वारेन्टि दिने बताएको छ ।
लगातार ७ वर्षसम्म विश्वकै अग्रणी बिद्युतिय स्कुटर ब्रान्डका रुपमा परिचित याडियाले हालसम्म १० करोडभन्दा बढी यूनिट स्कुटर बिक्री गरिसकेको जनाइएको छ । नेपाली बजारमा पनि यस ब्रान्डको उपस्थिती बलियो बन्दै गएको कुजु नेपालका निर्देशक उमिद श्रेष्ठले बताए ।
काठमाडौं – नेपालका लागि बीवाईडी ईभीको आधिकारिक वितरक साइमेक्स इंकले देशभर...
चिनियाँ अटोमोबाइल उद्योग संघले सन् २०२३ मा चीनमा सवारी साधनको उत्पादन र...
नेपाली अटो बजारमा नयाँ ब्रान्डको विद्युतिय माइक्रो वस भित्रिएको छ । विगत...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...