८ वर्षको सफलता मनाउन याडिया ई८एस प्रोमा ऐतिहासिक छुट, मूल्यमा ४५ हजार कटौती

काठमाडौं – लगातार ८वर्ष सम्म विश्वको नम्बर १ इलेक्ट्रिक दुईपांग्रे ब्रान्ड बन्न सफल भएको उपलब्धिलाई स्मरणीय बनाउन याडिया नेपालले नेपाली ग्राहकहरूका लागि एक विशेष उपहारमूलक अफर ल्याएको छ।

सुविधा, स्टाइल र शक्ति सबैमा अग्रणी स्कुटर दावी गरिएको याडिया ई८एस प्रो को मूल्य अब १ लाख ८५ हजार रुपैयाँ मात्र तोकिएको छ । यो भन्दा पहिले सो स्कुटर २ लाख ३० हजार रुपैयाँमा बिक्री भइरहेको थियो । यस अनुसार अब ग्राहकले पहिले भन्दा ४५ हजार रुपैयाँ कम मूल्यमै सो स्कुटर पाउने छन् ।

याडियाको नेपालका लागि आधिकरिक वितरक कुजु नेपाल प्रालिले थप खुसी बाँड्दै प्रत्येक खरिदमा ग्राहकहरुलाई याडिया ब्रान्डको हेल्मेट, रेनकोट र पेन उपहार स्वरुप प्रदान गर्ने बताएको छ ।

‘हामीले पाएको विश्वव्यापी सफलताको श्रेय हाम्रा विश्वासिलो ग्राहकहरुलाई जान्छ । यो अफर उहाँहरुप्रतिको हाम्रो कृतज्ञता हो ।’, कुजु नेपाल प्रालिका प्रतिनिधिले बताए ।

स्मार्ट, शक्तिशाली र आकर्षक इलेक्ट्रिक स्कुटर मानिने याडिया ई८एस प्रोमा शक्ति, प्रविधि र आरामको उत्कृष्ट संयोजन पाइन्छ । यसको उच्चतम गति ६० किलोमिटर प्रतिघण्टा छ । यसमा ७२ भोल्ट, ३८ एएचको ग्राफिन ब्याट्री छ, जसले सिंगल चार्जमा १५० किलोमिटरको रेन्ज दिने बताइएको छ ।

३ हजार वाट सम्मको मोटर पावर रहेको सो स्कुटरमा १२ इन्चका आकर्षक अलोय रिम, हाइड्रोलिक सस्पेन्सन, ३२ लिटरको अन्डरसिट बुट स्पेस तथा ड्यासबोर्डमा चम्किलो डिजिटल डिस्प्ले र स्मार्ट इन्डिकेटर रहेका छन् ।

सीमित समयका लागि उपलब्ध यो छुटको सदुपयोग गरी सुलभ मूल्यमा प्रिमियम इलेक्ट्रिक स्कुटर पाउने अवसर नगुमाउन कम्पनीले अनुरोध गरेको छ ।

सम्बन्धित समाचारहरू

निसान गाडी किन्न नबिल बैंकले अटो लोन दिने, बेस रेटमा ३.५० देखि ५ प्रतिशत बढी ब्याजदर

निसान गाडी किन्न नबिल बैंकले अटो लोन दिने, बेस रेटमा ३.५० देखि ५ प्रतिशत बढी ब्याजदर

काठमाडौं – नेपालका लागि निसानको आधिकारिक विक्रेता पायोनियर माटोकर्प...

प्रोटोन ईमासको नयाँ शोरुम थापाथलीमा, ५ जनालाई ईमास७ हस्तान्तरण

प्रोटोन ईमासको नयाँ शोरुम थापाथलीमा, ५ जनालाई ईमास७ हस्तान्तरण

प्रोटोन ईमासको नयाँ शोरुमा थापाथलीमा विस्तार भएको छ । प्रोटोन गाडीको...

टाटा मोटर्सले ल्यायो ‘स्विच टु टियागो ईभी’ एक्सचेन्ज क्याम्प : बाइक–स्कुटर साटेर ईभी चढ्ने मौका

टाटा मोटर्सले ल्यायो ‘स्विच टु टियागो ईभी’ एक्सचेन्ज क्याम्प : बाइक–स्कुटर साटेर ईभी चढ्ने मौका

काठमाडौं – नेपालमा विद्युतीय सवारीसाधनप्रति बढ्दो आकर्षणलाई लक्षित...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...