महिन्द्रा एक्सयूभी ४०० को डेलिभरी शुरु, कहिले आउला नेपाल

भारतमा महिन्द्राको पहिलो स्पोर्ट्स युटिलिटी भेइकल ‘एक्सयूभी ४००’ को डेलिभरी प्रारम्भ भएको छ । पहिलो चरणमा ४ सय युनिट एक्सयूभी ४०० डेलिभरी भएको हो ।

यद्यपि महिन्द्रा एक्सयूभीको टप स्पेक ईएल भेरिएन्ट मात्र हाल डेलिभरी भएको छ । यसको बेस स्पेक ईसी भेरिएन्टको डेलिभरी भने यस वर्षको अन्त्यसम्ममा सुरू हुने कम्पनीले बताएको छ ।

नेपालमा समेत महिन्द्रा एक्सयूभी ४०० को प्रतीक्षा भइरहेको छ । हाल महिन्द्राको नेपालका लागि आधिकारिक वितरक अग्नि इनर्जीले बिक्रीका लागि कुनै पनि मोडल उपलब्ध गराएको छैन । कुनै समयमा रेभा र ईटुओ लगायतका इलेक्ट्रिक सवारी साधन उपलब्ध गराएर नेपाली ईभी बजारको पायोनियर बनेको अग्नि इनर्जीले अब ल्याउने मोडलका वारेमा चासो हुन पनि स्वाभाविक हो ।

अग्नि ग्रुप अन्तर्गतको अग्नि इन्कर्पोरेटेड प्रालिका डेपुटी डाइरेक्टर वरदान बस्नेत भन्छन्, ‘अग्नि ग्रुप नेपालको ईभी बजारमा पायोनियर कम्पनी हो । आजभन्दा २ दशक अगाडि नै हामीले रेभा ब्रान्डको इलेक्ट्रिक कार ल्याएर बिक्री थालेका थियौ । पछि यसलाई महिन्द्राले उत्पादन थालेसँगै ईटुओ ब्रान्डमा आयो । अहिले पनि यी ब्रान्डको ईभी सडकमा गुडेको हामी देख्न सक्छौ । जहाँसम्म महिन्द्राले हालसालै सार्वजनिक गरेको एक्सयूभी ४०० ईभीको विषय छ, यो गाडी उचित समयमा नेपाल आउने छ । भारतमा अहिले बुकिङ मात्र खुल्ला गरिएको कारण बिक्री शुरु हुन केही समय लाग्ने देखिन्छ । भारतमा बिक्री शुरु भएपछि मात्र यो ईभी नेपाल आउने बाटो खुल्नेछ ।’

यसका आधारमा अबको केही महिना पछि यो गाडी नेपालमा समेत आउने अनुमान गर्न सकिन्छ ।

नेपाली बजारमा अन्य कम्पनीहरुले लगातार रुपमा नयाँ मोडल भित्र्यारहदा महिन्द्राले भने कुनै पनि मोडल उपलब्ध गराउन सकेको छैन । रेभा र ईटुओ जस्ता मोडल पनि छैनन् । यो अवस्थामा आगामी दिनमा महिन्द्रा एक्सयूभीले नयाँ रौनक ल्याउने अपेक्षा गरिएको छ ।

एक्सयूभी ४०० लाई महिन्द्राले दुई वटा ब्याट्री प्याकमा उतारेको हो । यसमा जडान गरिएको ३४.५ किलोवाट आवरको सानो व्याट्री प्याकले ३७५ किलोमिटर र ३९.४ किलोवाट आवरको प्याकले ४५६ किलोमिटर रेन्ज प्रदान गर्ने दावी गरिएको छ । यी दुवै व्याट्री प्याकमा फ्रन्ट एक्सेल माउन्टेड इलेक्ट्रिक मोटर दिइएको छ । जसको अधिकतम पावर १५० एचपी र टर्क ३१० एनएम रहेको छ ।

यो एसयूभीलाई ५० किलोवाट डिसी चार्जरको साहयतामा ५० मिनेटभित्र शून्य देखि ८० प्रतिशतसम्म चार्ज गर्न सकिन्छ भने ३.३ किलोवाट र ७.२ किलोवाट एसी चार्जरको समेत विकल्प दिइएको छ । यसको टप स्पेकमा ७ इन्चको टचस्क्रिन इन्फोटेन्मेन्ट सिस्टम उपलब्ध गराइएको छ भने अन्य फिचरमा सिंगल प्यानल सनरुफ, ओभर दि एयर अपडेट सहितको कनेक्टेड कार टेक्नोलोजी सहित ६ वटा एयर व्याग, चारवटै चक्कामा डिस्क ब्रेक र ब्याट्री प्याकमा आईपी ६७ रेटिङ लगायत सेफ्टी फिचर पाउन सकिन्छ ।

भारतीय बजारमा यो एसयुभीको मूल्य १६ देखि १९ लाख भारुसम्म निर्धारण गरिएको छ । यो मूल्य शुरुवातमा बुकिङ लिने ५ हजार ग्राहकका लागि मात्र लागू हुने कम्पनीको भनाइले पछि यसको मूल्य वृद्धि हुने देखाएको छ । यो एसयूभीले बजारमा टाटा नेक्सन इभीसँग सिधा टक्कर गर्ने देखिएको छ ।

नेपाल आउँदा यसको शुरुवाती मूल्य ४० लाख हाराहारीवाट शुरु हुने अनुमान गर्न सकिन्छ ।

सम्बन्धित समाचारहरू

ललितपुरको बागडोलमा सञ्चालनमा आयो सीजी मोटर्सको डेडिकेटेड सर्भिस सेन्टर

ललितपुरको बागडोलमा सञ्चालनमा आयो सीजी मोटर्सको डेडिकेटेड सर्भिस सेन्टर

नेपालका लागि विभिन्न ईभीको वितरक रहेको सीजी मोटर्सले बागडोल, ललितपुरमा...

दिपल एस ०७ आईसीएमा अव ‘बाई ब्याक ग्यारेन्टि’ योजना पनि, पाइनेछ यी सुबिधा

दिपल एस ०७ आईसीएमा अव ‘बाई ब्याक ग्यारेन्टि’ योजना पनि, पाइनेछ यी सुबिधा

काठमाडौं–नाडा अटो सो २०२५ को अवसरमा एमएडब्लु वृद्धिले नेपालकै ‘नेक्स्ट...

हार्ले–डेभिडसन स्पोर्टस्टर एसले बनायो अहिले सम्मकै सर्बाधिक रेकर्ड

हार्ले–डेभिडसन स्पोर्टस्टर एसले बनायो अहिले सम्मकै सर्बाधिक रेकर्ड

हार्ले–डेभिडसन स्पोर्ट्स्टर एसले २४ घन्टाको एंड्युरेन्स टेस्ट (शक्ति...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...