एक्सपेङद्वारा उड्ने कार उत्पादन प्लान्टको निर्माण सुरु, बार्षिक १० हजार युनिट निर्माण गर्ने

चिनियाँ अटो निर्माता एक्सपेङले आफ्नो वहुप्रतिक्षित उड्ने कार कारको प्लान्ट निर्माण सुरु गरेको छ । आजदेखी औपचारिक रुपमा निर्माण सुरु गरिएको सो प्लान्टबाट सन् २०२६ देखी कार उत्पादन हुने र वार्षिक १० हजार युनिट निर्माण गरिने कम्पनीले जनाएको छ । एक्सपेङले गत सेप्टेम्वरमा आफ्नो उड्ने कारलाई पव्लिकमाझ शोकेस गर्दा ३ हजार जनाले खरिद गर्न इच्छा देखाएका थिए ।

कम्पनीले यसअघि एरो एचटी परियोजना अन्तर्गत उड्ने कार ल्याउने घोषणा गरेपनि उक्त उक्त परियोजना सफल हुन सेकेको थिएन । पछि उसले आफ्नो पुरानो परियोजना त्यागेर नयाँ ल्यान्ड एयरक्राफ्ट क्यारियर अन्तर्गत मोडुलर फ्लाइङ कार उत्पादन गर्ने घोषणा गरेको हो ।

करिव २० लाख चिनियाँ युवान पर्ने यो कारलाई कम्पनीले गत सेप्टेम्वर २ मा अनावरण गरेको थियो । थ्रि एक्सल क्यारियर र ड्रोनलाई समायोजन गरि निर्माण गरिने यो कारले भविष्यको मोविलिटीलाई प्रभावित पार्ने अनुमान गरिएको छ । कम्पनीले क्यारियर र ड्रोनलाई छुट्टाछुट्टै पूर्बाधारमा निर्माण गर्ने जनाएको छ ।

कानुनी जटिलताका कारण यो कार तत्कालै सर्बसाधरणले प्रयोग भने गर्न नपाउने बताइएको छ । उत्पादनको पहिलो लट उद्धारजस्ता कार्यमा प्रयोग गरिने र पछि विस्तारै चीन सरकारबाट लाइसेन्स लिएर सर्बसाधरणका लागि समेत बिक्री गर्ने योजनामा कम्पनी रहेको छ ।

सम्बन्धित समाचारहरू

टाइम म्यागजिनद्वारा टेस्लाका मालिक इलोन मस्क ‘वर्षव्यक्ति’ घोषणा

टाइम म्यागजिनद्वारा टेस्लाका मालिक इलोन मस्क ‘वर्षव्यक्ति’ घोषणा

टाइम म्यागजिनले विश्वकै धनाढ्य तथा अमेरिकी विद्युतीय कार निर्माता कम्पनी...

बराल ग्रुपले ल्यायो वाडा अटो शो २०२५ को लागि आकर्षक अफरहरू

बराल ग्रुपले ल्यायो वाडा अटो शो २०२५ को लागि आकर्षक अफरहरू

पोखरा – पोखरामा बराल ग्रुपअन्तर्गत सञ्चालनमा रहेको एलिट मोटर्स प्रालि र...

अस्ट्रेलियामा दिपलको औपचारिक प्रवेश

अस्ट्रेलियामा दिपलको औपचारिक प्रवेश

अहिले एस०७ र एल०७, केही समयपछि एस०५ र जी३१८ पनि सार्वजनिक गरिने चांगान...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...