नेपाल आयो चिनियाँ राष्ट्रपतिले चढ्ने कार ब्रान्ड, नाइमामा हङसी ब्रान्डको विद्युतीय एसयूभी राखिने
काठमाडौं – चिनियाँ राष्ट्रपति चढ्ने कार ब्रान्ड नेपाल आएको छ। चीनमा...
एक्सपेङले आफ्नो वहुप्रतिक्षित बिद्युतिय एसयुभी जी७ लन्च गरेको छ । सो नयाँ मिड साइज एसयुभीमा कम्पनीले पहिलोपटक धेरै आधुनिक फिचर दिएको छ । हुवावेसंग साझेदारी गरेर विकास गरिएको एआर–एचयुडी सिस्टम र इन हाउस ट्युरिङ एआई चिप्सद्धारा सुसज्जित सो ईभी आर्टिफिसियल इन्टिेलिजेन्स(एआई) मा आधारित एक्सपेङको पहिलो मोडल हो । जसको मूल्य चीनमा ३२ हजार ५०० डलर निर्धारण गरिएको छ ।
रियर–ह्वील–ड्राइभ प्लेटफर्ममा निर्मित जी७ ६८.५ किलोवाट आवर र ८०.८ किलोवाट आवर गरी दुई ब्याट्री अप्सनमा आएको हो । यस ईभीले सिंगल चार्जमा ७०२ किलोमिटरसम्म रेन्ज दिने दाबी गरिएको छ । कारमा २१८ किलोवाट क्षमताको रियर माउन्टेड मोटर जडान गरिएको छ ।
आरामदायी यात्राका लागि यसमा अत्याधुनिक र विलासी क्याविन उपलब्ध गराइएको छ । कारमा १५.६ इन्चको फ्लोटिङ सेन्ट्रल डिस्प्ले, भेन्टिलेसन सहितको मजाज एण्ड हिटेड सिट, ५० वाट क्षमताका दुईवटा वायरलेस चार्जिङ प्याड, प्यानोरामिक सनरुफ, २०–स्पिकर ७.१.४ सराउन्ड अडियो सिस्टम, २५६ कलर अप्सनसहितको एम्बियन्ट लाइटिङ, डिजिटल रियर भ्यू मिरर र पछाडि ८–इन्चको स्क्रिन लगायत फिचर पाउन सकिन्छ ।
साथै, दोस्रो रोमा कुल्ड वायरलेस चार्जिङ प्याड र अगाडिको यात्रु सिट पछाडि चुम्बकीय माउन्टिङ पोइन्टहरू सहितको फोल्ड गर्न मिल्ने टेबल पनि राखिएको छ ।
टेस्ला मोडल वाई र जिकर ७ एक्स ईभीसंग प्रतिस्पर्धा गर्न सक्षम दाबी गरिएको यस ईभी निकट भविष्यमा नेपाली बजारमा समेत उपलब्ध हुने अनुमान गर्न सकिन्छ । नेपाली बजारमा हाल एक्सपेङको जी६ मोडल उपलब्ध छ । यस ब्रान्डलाई सिजी मोटर्सले बिक्री गर्दै आएको छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...