‘ए क्लास अबभ’ कम्फर्ट, डिजाइन र टेक्नोलोजीसहित चांगान निभो क्यू०५ धनगढीमा सार्वजनिक
धनगढी – एमएडब्लु वृद्धि अटोकर्प प्रालि अन्तर्गत धनगढी क्षेत्रका लागि...
एक्सपेङको नयाँ इलेक्ट्रिक एसयूभी जी७ ले चीनमा गत जुन ११ मा सार्वजनिक भएको केवल ४६ मिनेटमै १० हजार भन्दा बढी प्रि-अर्डर प्राप्त गर्न सफल भई विश्वव्यापी ईभी बजारमा तहल्का मच्चाएको छ।
सो उत्साहजन प्रतिक्रियाले एक्सपेङको प्रविधिमा आधारित नवीनताप्रति उपभोक्ताको पूर्ण विश्वास र उत्सुकतालाई प्रस्ट रुपमा झल्काएको कम्पनीले बताएको छ ।
जी७ मा एक्सपेङद्वारा विकास गरिएको टुरिङ एआई चिप, हुवावेसँगको सहकार्यमा तयार गरिएको ८७ इन्चको एआर–एचयूडी डिस्प्ले, उच्च स्तरीय स्वचालित ड्राइभिङ सुविधा, र ५सी अल्ट्रा-फास्ट चार्जिङ जस्ता अत्याधुनिक प्रविधिहरू उपलब्ध छन्। ७०० किलोमिटरसम्मको अधिकतम रेञ्जका कारण जी७ ले इन्टेलिजेन्ट मोबिलिटीको नयाँ मापदण्डको रूपमा आफूलाई स्थापित गरेको छ।
जी७ ले अन्तर्राष्ट्रिय बजारमा चर्चा बटुलिरहेको छ । तर नेपालमा भने यसको आधिकारिक वितरक सीजी मोटर्सले एक्सपेङको एआई मोबिलिटीको भिजनलाई पहिले नै जी६ को माध्यमबाट भित्र्याइसकेको छ ।
नेपालमा उपलब्ध जी६ मा ओटीए अपडेट, एक्सओएस अपरेटिङ सिस्टम, ८०० भोल्ट चार्जिङ, एसईपीए २.० आर्किटेक्चर जस्ता अत्याधुनिक प्रविधिहरू उपलब्ध छन्, जसले नेपाली सडकमा ईभीको अनुभवलाई अझ स्मार्ट र इन्टेलिजेन्ट बनाउँछ।
स्मार्ट, सुरक्षित र प्रविधिमैत्री इलेक्ट्रिक ड्राइभिङ अनुभवका लागि एक्सपेङको विश्वव्यापी प्रगति र एआई मोबिलिटीको भविष्य नेतृत्व गर्ने प्रतिबद्धता अब नेपालमा साकार हुँदै गरेको सीजी मोटर्सले जनाएको छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...