प्रिमियम ईभी एक्सपेङ जी६ अब १४ लाख ९९ हजारमा लिन सकिने, ६.५५ प्रतिशत ब्याजदर

काठमाडौं – अन्तर्राष्ट्रिय ईभी ब्रान्ड एक्सपेङको नेपालका लागि आधिकारिक वितरक सीजी मोटर्सले आफ्ना ग्राहकहरुका लागि विशेष अफर लिएर आएको छ । ग्राहकहरूले अब १४ लाख ९९ हजार रुपैयाँ डाउन पेमेन्टमै भविष्यलाई लक्षित गर्दै डिजाइन गरिएको एक्सपेङ जी६ घर लैजान सक्ने छ्न्।

६.५५ प्रतिशत ब्याजदर, ४८ घण्टाभित्र ऋण प्रक्रिया सम्पन्न हुने र ७ वर्षसम्मको ऋण अवधिको सुविधाले एक्सपेङ खरिद गर्न सहज बनाइएको छ।

यस अफरमा आकर्षक एक्सचेन्ज बोनस, नगद छुट, निःशुल्क एसेसरिजहरू, ७ किलोवाट चार्जर, १ वर्षको रोड ट्याक्स कभरेज र निःशुल्क बीमा समेत समावेश छ, जसले एक्सपेङ जी६ लाई विद्युतीय गाडीको उत्तम विकल्प बनाउँछ।

फाइभ स्टार एनक्याप सुरक्षा रेटिङ प्राप्त एक्सपेङ जी६ स्वचालित ड्राइभिङ प्रविधि, १९० किलोवाट मोटर, ४४० एनएम टर्क र ४३५ किलोमिटर रेन्ज जस्ता विशेषताले गर्दा विश्वभर धेरैले मन पराएको गाडी बनेको छ । ग्राहकहरुले सजिलै अब एक्सपेङको अत्याधुनिक प्रविधि, आकर्षक डिजाइन र दिगो यात्राको सजिलै अनुभव गर्न सक्ने कम्पनीको भनाइ छ ।

यस अफरका साथ एक्सपेङ नेपालले गुणस्तरीय सवारीसाधन र सेवाहरू उपलब्ध गराउने प्रतिबद्धता समेत जनाएको छ ।

सम्बन्धित समाचारहरू

एमजीले बढायो चार्जिङ स्टेशनको संख्या, डिसी चार्जर नराखेको भन्दै ग्राहक बने आक्रोशित

एमजीले बढायो चार्जिङ स्टेशनको संख्या, डिसी चार्जर नराखेको भन्दै ग्राहक बने आक्रोशित

एमजी मोटर्सको नेपालका लागि आधिकारिक बितरक पारामाउन्ट मोटर्सले देशका...

नयाँ मापदण्ड आएपछि भारतीय इभी उत्पादक समस्यामा, उत्पादन प्रभावित हुने चिन्ता

नयाँ मापदण्ड आएपछि भारतीय इभी उत्पादक समस्यामा, उत्पादन प्रभावित हुने चिन्ता

भारत सरकारले इलेक्ट्रिक भेइकलमा प्रयोग हुने व्याट्री र अन्य सामाग्रीको...

बजेट प्रभाव : टेस्लाको एउटै कारको मूल्यमा ३१ लाख रुपैयाँले कमी

बजेट प्रभाव : टेस्लाको एउटै कारको मूल्यमा ३१ लाख रुपैयाँले कमी

काठमाडौं – बजेटमा घटाइएको करका कारण नेपाली बजारमा उपलब्ध टेस्लाका...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...