राइडरहरूलाई इलेक्ट्रिक स्कुटर वितरण, विशेष फ्रि अफर समेत
ललितपुर – नेपालमै पहिलो पटक सुरु गरिएको ऐतिहासिक स्वरोजगार...
चाइनिज टेक कम्पनी शाओमीको पहिलो इलेक्ट्रिक कार एसयू७ आगामी मार्च २८ मा औपचारिक लन्च हुने भएको छ । शाओमीका फाउन्डर तथा सीईओ लेई जुनले सोसल मिडिया प्लेटफर्म सिना वेबोमा एक पोस्ट गर्दै सो कुराको घोषणा गरेका हुन् ।
मोबाइल निर्माता कम्पनीको रुपमा लोकप्रिय शाओमीले सन् २०२१ मा सवारी साधन उत्पादन गर्ने घोषणा गरेको थियो । त्यसपछि डिसेम्बर २८ को पि–न्युज कन्फ्रेन्समा पहिलो ईभी डिस्प्ले गरेको थियो । यद्यपि सबैले खोज्ने महत्वपूर्ण तथ्य कारको मूल्य भने सार्वजनिक गरिएको थिएन ।
शाओमीले स्पेनको बार्सिलोनामा आयोजित २०२४ मोबाइल वर्ल्ड कांग्रेसमा आफ्नो पहिलो इलेक्ट्रिक कार एसयू७ को कन्सेप्ट मोडल प्रदर्शन गरेको थियो ।
सो गाडीमा ६६८ किलोमिटर रेन्ज दिने स्ट्यान्डर्ड ७३.६ किलोवाट आवर ब्याट्री प्याक र ८०० किलोमिटर रेन्ज दिने १०१ किलोवाट आवरको ब्याट्री प्याक विकल्प हुनेछ ।
यो इलेक्ट्रिक सेडानको टप स्पीड २६५ किलोमिटर प्रतिघण्टा रहेको बताइएको छ । ग्राहकले यस कारमा २९९ पीएस मोटर वा ६७३ पीएस डुअल मोटर अल–ह्विल ड्राइभ ट्रेनको रियर–ह्विल ड्राइभ छनोट गर्ने विकल्प पाउनेछन्।
ललितपुर – नेपालमै पहिलो पटक सुरु गरिएको ऐतिहासिक स्वरोजगार...
मोडर्न टचका साथ रेट्रो लुकमा उपलब्ध बाउन्स इन्फिनिटीको इलेक्ट्रिक स्कुटर...
विद्युतीय सवारीसाधन लोकप्रिय बन्दै गएका छन् । र, अब मनसुन पनि सुरु भइसकेको...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...