वुलिङले सार्वजनिक ग-यो नयाँ मिनी ईभी, अपडेट भर्सन उपलब्ध हुने

वुलिङ होङगुआङ मिनी ईभीको नयाँ भर्सन सार्वजनिक भएको छ । क्युट सर्कुलर हेडलाइट र फाइभ डोर सहितको यो आकर्षक ईभी चीनमा सार्वजनिक गरिएको हो र बजारका लागि लन्चको अन्तिम तयारीमा रहेको बताइएको छ ।

नेपाली बजारमा समेत पहिले देखि नै उपलब्ध वुलिङ बिंगो ईभीको नयाँ भर्सन मान्न सकिने यो ईभी भविष्यमा नेपाली बजारमा पनि उपलब्ध हुने अनुमान गर्न सकिन्छ । यो पकेट–साइजको अर्वन इलेक्ट्रिक कारको पहिलो जेनेरेसन सन् २०२० मा एसएआईसी–जीएम–वुलिङ अर्थात एसजीएमडब्ल्युको ज्वाइन्ट भेन्चरको रुपमा आएको थियो । सन् २०२२ मा चीनमा बेस्ट सेलिङ कार बनेको सो मिनी ईभीको पहिले नै चार जेनेरेसन आइसकेका छन् ।

वास्तविक रुपमा भने सन् २०२५ फेब्रुअरीमा यसको सेकेन्ड जेनेरेसन सर्वाजनिक भएको थियो । बिचमा बिक्रीमा केही कमी आएको सन्दर्भमा हाल उपलब्ध अपडेट मोडलमार्फत वुलिङ फेरि बजारमा चम्किने तयारी गरेको मानिएको छ ।

वुलिङले औपचारिक रुपमा भने यसलाई फिफ्थ जेनेरेसन भनेको छ । यद्यपि यो सेकेन्ड जेनेरेसनकै अपडेट मोडल हो । अफिसियल इमेजमा यो फाइभ डोर र अपडेट स्टाइल सहित उपलब्ध छ । यसमा क्युट सर्कुलर हेडलाइटका साथै यसको बिचमा एलईडी स्ट्रिप रहेको छ ।

यसमा एडजस्ट गरिएको बम्परका कारण वुलिङ मिनी ईभी केही ठूलो बनेको छ । यो पहिले भन्दा १२ एमएम लामो, १० एमएम चौडा र ३ एमएम कम उचाईको छ । यो तीन बडी कलर ग्रे, ग्रिन र बेइजमा उपलब्ध छ ।

यसको मूल्य पनि पहिलेकै ईभीकै बराबरी हुने अनुमान गरिएको छ । यसको मूल्य चीनमा ४४ हजार ८ सय देखि ५० हजार ८ सय युआन अर्थात ६ हजार ५४५ देखि ७ हजार ४२० डलर सम्म छ ।

नेपालमा वुलिङ बिंगो ईभी पारामाउन्ट मोटर्सले बिक्री गरिरहेको छ । यसको मूल्य २९ लाख ९९ हजार रुपैयाँ तोकिएको छ ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...