इलेक्ट्रिक मोटरसाइकलको खरिदमा ४० हजारसम्म छुट
काठमाडौं– यसपालीको दशैंमा सुपरसोको मोटरसाइकल खरिद गर्दा ग्राहकले ४०...
विगत लामो समययता ओझेलमा पर्दै आएको ह्याचब्याक सेग्मेन्ट ईभीको आगमनसँगै फेरि चर्चामा आएको छ । भारतिय अटो निर्माता कम्पनी टाटा मोटर्सले उत्पादन गरेको टियागो ईभी आएपछि पुनः एकपटक चर्चामा आएको यो सेग्मेन्टमा पछिल्लो समय नयाँ नयाँ ब्रान्ड थपिने क्रम बढ्दो छ ।
सोही क्रममा हालै नेपाल आएको वुलिङ ब्रान्डको बिंगो कारले इलेक्ट्रिक ह्याचब्याकमा नयाँ तरंग पैदा गरिदिएको छ । बिंगो हालै लन्च भएको छ र यसको आगमनले इलेक्ट्रिक ह्याचब्याकमा एकछत्र बजार पाएको टियागो ईभीलाई धक्का दिने कतिपयको आँकलन छ ।
आकर्षक डिजाइन र अत्याधुनिक सुविधाका कारण अहिले चिनियाँ ब्रान्डका ईभीले विश्व बजारमा तहल्का पिटिरहेको छ । सोही पदचापलाई पछ्याउँदै नेपाल आएको वुलिङ बिंगोको डिजाइन टियागो ईभीको तुलनामा आधुनिक देखिन्छ भने फिचरको मामलमा यो टियागोभन्दा धेरै माथि छ । यी दुई कारलाई सरसर्ती तुलना गर्दा बिंगोको तुलनामा सस्तो पर्नु नै टाटा टियागोको एकमात्र विशेषता हो जस्तो लाग्छ ।
ब्याट्री र पावरट्रेन
टियागो ईभीमा टाटा मोटर्सले २४ किलोवाट आवरको ब्याट्री प्याक जडान गरेको छ भने यसको मोटर क्षमता ४९ किलोवाट छ । सिंगल चार्जमा ३१५ किलोमिटर रेन्ज दावी गरिएको यो कारको पावर ६६ पीएस र टर्क ११४ एनएम छ । टियागोलाई १५ एम्पियरको एसी चार्जरले ८.७ घण्टामा फुल चार्ज गर्न सकिन्छ भने यसले डिसी फास्ट चार्जर समेत सपोर्ट गर्छ । फ्रन्ट ह्विल ड्राइभ सिस्टम दिइएको यो कारलाई १२० किलोमिटर प्रतिघण्टाको उच्च गतिमा हाँक्न सकिन्छ ।
यसैगरी, वुलिङ बिंगोमा ३१.९ किलोवाट आवरको ब्याट्री प्याक जडान गरिएको छ भने मोटर क्षमता ५० किलोवाट छ । यो कारले सिंगल चार्जमा ३३० किलोमिटर रेन्ज दिने दावी छ । यसको पावर ६७ पीएस र टर्क १५० एनएम छ । बिंगोलाई एसी चार्जरको साहयतामा ५.५ घण्टामै फुल चार्ज गर्न सकिन्छ भने फास्ट चार्जरको साहयतामा ३५ मिनेटमै २० देखि ८० प्रतिशतसम्म चार्ज हुन्छ । फ्रन्ट ह्विल ड्राइभ सिस्टम दिइएको यो कारलाई पनि प्रतिघण्टा १२० किलोमिटरकै टप स्पिडमा हाँक्न सकिन्छ ।
डाइमेन्सन
साइजमा बिंगो टाटा टियागोभन्दा ठूलो छ । टियागो ईभीको लम्बाई ३७६९ एमएम, चौडाई १६७७ एमएम र उचाई १५३६ एमएम तथा ह्विलवेस २४०० एमएम छ । यसैगरी, वुलिङ बिंगो ३९५० एमएम लामो, १७०८ एमएम चौडा र १५८० एमएम अग्लो छ । यसको ह्विलवेस २५६० एमएम छ । लामो ह्विलेवेसका कारण यसको क्याविन टियागो ईभीको तुलनामा फराकिलो र आरामदायी छ ।
फिचर
फिचरको मामलामा बिंगो टाटा टियोगोभन्दा धेरै माथि छ । टियागोमा ७ इन्चको टचस्क्रिन र डिजिटल इन्स्ट्रयुमेन्ट कन्सोल दिइएको छ भने बिंगोमा १०.२५ इन्चको दुइवटा डिस्प्ले राखिएको छ । टियागोमा टाटाले ८ स्पिकर सराउन्ड साउन्ड, अटोमेटिक टेम्प्रेचर कन्ट्रोल, माउन्टेड अडियो कन्ट्रोल सहितको फ्ल्याट वटम स्टेयरिङ, कुल्ड ग्लोभ बक्स र रिभर्स सेन्सर सहितको रिभर्स क्यामेरा लगायत फिचर दिएको छ । साथै सेफ्टी फिचर अन्तर्गत यसमा डुअल एयरब्याग, ईबीडी र सीएससी सहितको एबीएस र स्पिड सेन्सिङ डोर लक लगायत पाउन सकिन्छ ।
बिंगो ईभीमा वुलिङले सिन्थेटिक लेदर ड्यासबोर्ड प्यानल, सिन्थेटिक लेदर सिट, पूर्णत एलईडी लाइटिङ, ब्लुटुथ कनेक्टिभिटी र ४ स्पिकर साउन्ड सिस्टम लगायत फिचर दिएको छ । सुरक्षाका लागि यसमा डुअल एयरब्याग, अटोमेटिक होल्ड सहितको इलेक्ट्रोनिक पार्किङ, एबीएस, ईबीडी, इएससी, आईएसओफिक्स र क्रुज कन्ट्रोल लगायत फिचर पाउन सकिन्छ ।
मूल्य
टियागो ईभी तीनवटा भेरिएन्टमा उपलब्ध छ । जसमध्ये एक्सटी लङ रेन्जको मूल्य २६ लाख ४९ हजार, एक्सजेड प्लसको २७ लाख ९९ हजार र एक्सजेड प्लस टेक प्लसको २८ लाख ९९ हजार तोकिएको छ । एउटामात्रै भेरिएन्टमा उपलब्ध बिंगोको मूल्य ३१ लाख ९९ हजार निर्धारण गरिएको छ ।
काठमाडौं– यसपालीको दशैंमा सुपरसोको मोटरसाइकल खरिद गर्दा ग्राहकले ४०...
बलिउड अभिनेता अजय देवगनले आफ्नो पहिलो ईभी कार अल न्यू बीएमडब्ल्यु आई७...
वीवाइडी यो वर्षका लागि चीनको सवैभन्दा मूल्यवान अटो ब्रान्ड वनेको छ ।...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...