कोरला नाकामा वुलिङ एक्सिओन ईभी, नाइमा र नाडामा बुकिङ गरेका ग्राहकले डेलिभरी पाउने

काठमाडौं - नेपाली ग्राहकले अब केही दिनमै वुलिङ एक्सिओन ईभीको पनि डेलिभरी पाउने भएका छन् । वुलिङको नेपालका लागि आधिकारिक वितरक पारामाउन्ट मोटर्सले नेपाल भित्र्याएका वुलिङ एक्सिओन ईभी कोरला बोर्डर आइपुगेका छन् ।

नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ मार्फत गत साउन अन्तिम सातामा पहिलो पटक सार्वजनिक गरिएको वुलिङ एक्सिओन ईभीको मूल्य ५७ लाख ९९ हजार रुपैयाँ तोकिएको छ । यद्यपि पहिलो १०० ग्राहकका लागि यसको मूल्य ५५ लाख ९९ हजार रुपैयाँ मात्र कायम गरिएको छ । नाइमा र नाडामा बुकिङ गरेका ग्राहकहरुले अब केही दिनमै डेलिभरी पाउने कम्पनी स्रोतको भनाइ छ ।

५ सिटर यो एसयूभीलाई आवश्यकता अनुसार ७ सिटर बनाउन सकिन्छ । यसमा ५४० लिटरको बुट स्पेस र २,८१० एमएमको ह्विलबेस छ ।

नेपालका राजमार्गहरूमा यात्रा गर्दा ब्याट्री रित्तिने डर अर्थात रेन्ज एन्जाइटीलाई यसले पूर्ण रूपमा हटाउँछ। यसमा ६९.२ किलाेवाट आवरको लिथियम आइरन फस्फेट ब्याट्री छ, जसले सिंगल चार्जमा ५३० किमी सीएलटीसी सम्मको रेन्ज दिन्छ। काठमाडौंबाट पोखरा वा भैरहवाको यात्रा बीचमा कतै नरोकी एकै पटकमा सहजै तय गर्न सकिन्छ। यदि बाटोमा चार्ज गर्नु परिहाले पनि यसको एड्भान्स्ड चार्जिङ प्रविधिले मात्र २० मिनेटमा ब्याट्रीलाई ३० बाट ८० प्रतिशत सम्म फास्ट चार्ज गरिदिन्छ।

एक्सिओनमा १५० किलाेवाट (करिब २०१ एचपी) को मोटर र ३१० एनएमको इन्स्ट्यान्ट टर्क उपलब्ध छ। यसले गर्दा गाडीमा ७ जना यात्रु र सामान पूर्ण रूपमा लोड हुँदा पनि नेपालका ठाडा उकालाहरूमा गाडीले विनाकुनै कठिनाइ रफ्तार समात्छ।

यसमा अत्याधुनिक एड्भान्स्ड ड्राइभर एसेसटेन्स सिस्टम (एडास) दिइएको छ। यसमा अटोमेटिक इमर्जेन्सी ब्रेकिङ र एडप्टिभ क्रुज कन्ट्रोल जस्ता सुरक्षा सुविधाहरू छन्। सबैभन्दा उपयोगी फिचर भनेको यसको ३६०-डिग्री क्यामेरा र ट्रान्सपेरन्ट चेसिस हो। यसले गाडी गुडिरहेको बेला गाडीमुनिको भुइँ वा ढुङ्गा-खाल्टा कस्ता छन् भन्ने कुरा भित्र स्क्रिनमै स्पष्ट देखाइदिन्छ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...