वुलिङ एयर इभीको मिडिया टेष्ट ड्राइभ सम्पन्न

काठमाडौं– वुलिङ एयर इभीले आइतवार मिडिया टेष्ट ड्राइभ सम्पन्न गरेको छ । नेपालका लागी आधिकारिक वितरक इभी नेपाल मोटर्सले हायत होटलमा आयोजना गरेको सो टेष्ट ड्राइभमा संचारकर्मीहरुको उपस्थिती रहेको थियो ।

कार्यक्रममा वोल्दै कम्पनीका प्रवन्ध निर्देशक प्रकाश बज्रचार्यले वुलिङ व्राण्डको विश्वव्यापी उपस्थिती र नेपाली बजारमा तय भएका आगामी योजनाका वारेमा जानकारी दिए । सानो साइजको यो कारमा आकर्षक इन्टेरियर, ३०० किलोमिटरसम्मको रेन्ज र सुविधा सम्पन्न फिचर उपलब्ध गराइका कारण सिटी ड्राइभका लागी उपयुक्त भएको धारणा व्यक्त गरे ।

नेपाली बजारमा यो मिनी इभीको २०० र ३०० किलोमिटर रेन्ज दिने दुई भेरिएन्ट उपलब्ध छन् । यसको मूल्य क्रमश २४ लाख ९९ हजार र ३० लाख ९९ हजार रुपैयाँ निर्धारण गरिएको छ । वुलिङ इभीले इन्डोनेसियामा एसएआइसी र जीएमसंगको ज्वाइन्ट भेन्चरमा विभिन्न सवारी साधन उत्पादन गर्ने गरेको छ । यो कार इन्डोनेशियाली बजारमा निकै लोकप्रिय रहेको छ ।

फोर सिटर र थ्री डोर यो ह्याचव्याकलाई कम्पनीले ग्लोवल स्मार्ट इलेक्ट्रिकल भेइकल प्लेटफर्मममा बनाएको हो । दुई फरक व्याट्री साइजमा उपलब्ध यसको सर्ट रेन्ज भेरिएन्टमा १७.३ किलोवाट अवारको व्याट्री र ३० किलोवाट क्षमताको मोटर जडान गरिएको छ भने अर्को लङ रेन्जमा २६.७ किलोवाट आवरको व्याट्री र ५०किलोवाटको मोटर जडित छ ।

यसको सर्ट रेन्ज भेरिएन्टमा डिजिटल इन्स्ट्रयूमेन्ट क्लस्टरमात्र दिइएको छ भने लङ रेन्जमा ठूलो साइजको टचस्क्रिन इन्फोटेन्मेन्ट सिस्टम समेत उपलब्ध छ । दुवै भेरिएन्टमा इको, स्पोर्ट र नर्मल मोड उपलब्ध छ । कारमा मल्टी फङ्शनल स्टेरिङ ह्वील, एयरब्याग, एबीएस र हिल होल्ड एशिस्ट जस्ता आधुनिक फिचर दिइएको छ । यो कारको ग्राउन्ड क्लिरियन्स १६५ एमएम रहेको छ ।

सम्बन्धित समाचारहरू

फ्रि हेल्थ चेकअप क्याम्प गर्दै सीएफमोटो, उपत्यका वाहिर मनसुन सर्भिस क्याम्प

फ्रि हेल्थ चेकअप क्याम्प गर्दै सीएफमोटो, उपत्यका वाहिर मनसुन सर्भिस क्याम्प

सीएफमोटो र जीहो ब्रान्डको नेपालका लागि आधिकारिक वितरक ऋषि ट्रेड सेन्टरले...

नेपालमा उपलब्ध हुने एमजी साइबरस्टरको मूल्य १ करोड ६८ लाख, बढ्यो कोमेट ईभीको मूल्य

नेपालमा उपलब्ध हुने एमजी साइबरस्टरको मूल्य १ करोड ६८ लाख, बढ्यो कोमेट ईभीको मूल्य

काठमाडौं – नेपालका लागि एमजी अर्थात मोरिस ग्यारेजको आधिकारिक वितरक...

एलआरआर मोटर्सद्वारा सुदूरपश्चिम रोयल्सको मस्कट ‘बड्डाउ’को जर्सी स्पोन्सर

एलआरआर मोटर्सद्वारा सुदूरपश्चिम रोयल्सको मस्कट ‘बड्डाउ’को जर्सी स्पोन्सर

काठमाडौं–एलआरआर मोटर्सले सुदूरपश्चिम रोयल्सको मस्कट ‘बड्डाउ’ को जर्सी...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...