यो हो विश्वकै अग्लो मोटरबेल सडक उम्लिङ–ला

भारतको बोर्डर रोड अर्गनाइजेसन (बीआरओ) ले जम्मु कश्मीरको लद्दाख क्षेत्रमा अवस्थित उम्लिङ–लामा मोटरेबल सडक निर्माण गरेको छ । सो सडक समुद्री सतहबाट १९ हजार ३ सय फिट उचाईमा रहेको छ । यो सडक संसारको सबैभन्दा अग्लो स्थानमा अवस्थित सडक हो । उम्लिङ–ला चाहिं १९ हजार ३ सय फिटमा अवस्थित छ ।

उम्लिङ ला पास हुँदै जाने यो सडक ५२ किलोमिटर लामो छ र चिसुम्ले गाउँलाई डेमचोक गाउँसँग जोडेको छ । यसको निर्माणमा ६ वर्षको समय लागेको थियो । उम्लिङ–ला सडक गत भदौमा सञ्चालनमा आए तापनि कोभिडको प्रतिबन्ध र हिमपातका कारण पर्यटक आगमनमा कमी आएको थियो, तर यस वर्ष उक्त सडकमा पर्यटकको चाप ह्वात्तै बढेको छ ।

उम्लिङ लामा सडक निर्माण हुनु भन्दा पहिला लद्दाखको खार्दुङ–लामा बनेको सडक विश्वकै अग्लो मोटरेबल सडक थियो । यो सडक १८ हजार ३८० फिट उचाईमा बनाइएको थियो । खार्दुङ–लामा बनेको सडकलाई चीनको दृष्टिकोणले निकै महत्वपूर्ण मानिएको छ । यो सडक निर्माण गरेर भारत, चीन र पाकिस्तानसँगको सीमामा सुरक्षा प्रदान गरेको छ ।

यो सडक गत भदौमा औपचारिक रुपमा सञ्चालनमा आएको थियो । लद्दाख अटोनोमस हिल डेभलपमेन्ट काउन्सिलका अधिकारी सोनम नोर्बुले सीमा क्षेत्रमा निर्माण भएको उक्त सडकले सीमाको सुरक्षा प्रदान गर्नुका साथै लद्दाखका जनताको राम्रो जीवनयापनका लागि पनि यो सडक वरदान सावित भएको जानकारी दिएका छन् ।

विश्वकै सबैभन्दा अग्लो सडकबाट भारतको सीमा सुरक्षालाई थप मजबुत बनाएको छ । सैन्य दृष्टिकोण उमलिङ–लामा बनाइएको ५२ किलोमिटर लामो सडकले पूर्वी लद्दाखको चुमार सेक्टरका धेरै शहरलाई जोडेको छ । उम्लिङ–ला वर्षको अधिकांश महिना हिउँले ढाकिएको हुन्छ । यहाँको तापक्रम हिउँदमा सबैभन्दा कम माइनस ४० डिग्रीसम्म पुग्छ र अक्सिजनको स्तर ५० प्रतिशतभन्दा कम हुन्छ ।

सम्बन्धित समाचारहरू

सडक र सहरी सुरक्षा तथा व्यवस्थापनमा महानगर र प्रहरीबिचको सहकार्य बलियो बनाइने

सडक र सहरी सुरक्षा तथा व्यवस्थापनमा महानगर र प्रहरीबिचको सहकार्य बलियो बनाइने

काठमाडौं – सडक सुरक्षा, सहरी सुरक्षा र सहरी व्यवस्थापनमा काठमाडौँ...

काठमाडौँमा आजबाट  ‘सम्पदा बस’ सेवा सुरु हुँदै

काठमाडौँमा आजबाट  ‘सम्पदा बस’ सेवा सुरु हुँदै

काठमाडौँ – आजदेखि काठमाडौँ उपत्यकामा ‘सम्पदा बस’ सञ्चालनमा आउने भएको...

पशुपति दर्शन गर्न जाँदै हुनुहुन्छ ? यस्तो छ पशुपति मन्दिर क्षेत्रको ट्राफिक व्यवस्थापन

पशुपति दर्शन गर्न जाँदै हुनुहुन्छ ? यस्तो छ पशुपति मन्दिर क्षेत्रको ट्राफिक व्यवस्थापन

महाशिवरात्री पर्वको अवसरमा पशुपति क्षेत्रमा हुने भक्तजनको घुँइचोलाई...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...