यी हुन विश्वको सवैभन्दा छिटो चार्ज हुने ५ इलेक्ट्रिक कार

इलेक्ट्रिक कारको माग बढेसंगै यस्ता कार उत्पादन गर्ने कम्पनीले व्याट्री र चार्जिङका क्षेत्रमा विभिन्न खोज एवं अनुसन्धान गरिरहेका छन् । यस्ता कारमा जडान हुने व्याट्री कति छिटो चार्ज हुन्छ भन्ने विषय अहिले इभी पारखीका लागी चासोको विषय वनिरहेको छ ।

विश्वको सबैभन्दा छिटो चार्ज हुने इलेक्ट्रिक कारका रुपमा पोर्स टाइक्यान प्लस परिचित रहेको छ । जर्मन आइकनिक स्पोर्ट्स कार व्रान्डको यो कारलाई एसी चार्जर मार्फत १ घण्टा चार्ज गर्दा ५३ किलोमिटर कुदाउन सकिन्छ भने डीसी चार्जबाट १ घण्टा चार्ज गर्दा १ हजार ४६ किलोमिटर कुदाउन सकिने दाबी गरिएको छ ।

पोर्स टाइक्यानपछि दोस्रो छिटो चार्ज हुने कारमा किया मोटर्सले हालसालै लन्च गरेको ईभी सिक्स लङ रेन्ज टु ह्विल ड्राइभ सामेल छ । यो कारलाई एसी चार्जरबाट १ घण्टा चार्ज गर्दा ५१ किलोमिटर कुदाउन सकिन्छ भने डीसी चार्जरबाट १ घण्टा चार्ज गर्दा १ हजार ४६ किलोमिटर कुदाउन सकिने दावी छ । इभी६ को जिटी लाइन भर्सनलााई आधिकारिक वितरक कन्टिनेन्टल ट्रेडिङले नेपाल भित्रिने तयारी गरिरहेको छ ।

यसैगरी तेस्रो सवैभन्दा छिटो चार्ज हुने कारमा मर्सिडिज ईक्यूएस ५८० फोरम्याटिक रहेको छ । योे कारलाई एसी चार्जर मार्फत १ घण्टा चार्ज गर्दा ५३ किलोमिटर रेन्ज दिन्छ भने डिसी चार्जर मार्फत १ घण्टा चार्ज गर्दा ७ सय ८८ किलोमिटर रेन्ज दिने दावी गरिएको छ ।

टेस्लाको डुअल मोटर जडान गरिएको मोडल वाई लङ रेन्जलाई एसी चार्जर मार्फत १ घण्टा चार्ज गर्दा ५४ किलोमिटर रेन्ज दिन्छ भने डीसी चार्जबाट १ घण्टा चार्ज गर्दा ५ सय ९५ किलोमिटर रेन्ज दिने दाबी गरिएको छ । यो व्रान्डको केही मोडलका कार नेपाली बजारमा समेत उपलब्ध रहँदै आएका छन् ।

हुन्डाइको आयोनिक फाइभ लङ रेन्ज टु ह्विल ड्राइभ यो सुचीमा सामेल अर्को निकै नै आकर्षक इलेक्ट्रिक कार हो । यो कारलाई एसी चार्जरबाट १ घण्टा चार्ज गर्दा ५९ किलोमिटर रेन्ज दिन्छ भने डीसी चार्जरबाट १ घण्टा चार्ज गर्दा ९ सय ३३ किलोमिटर रेन्ज दिने दावी छ । आयोनिक ५ नेपाली बजारमा समेत विक्रीतिवरण हुँदै आएपनि यो लङ रेन्ज मोडल भने यहाँको बजारमा उपलब्ध छैन ।

सम्बन्धित समाचारहरू

महिन्द्रा थार अव ईभीमा पनि आउने, १५ अगष्टमा कन्सेप्ट सार्वजनिक हुने

महिन्द्रा थार अव ईभीमा पनि आउने, १५ अगष्टमा कन्सेप्ट सार्वजनिक हुने

महिन्द्रा एन्ड महिन्द्राले आफ्नो चर्चित अफरोड एसयूभी थारलाई इलेक्ट्रिक...

एमएडब्लु वृद्धिद्वारा नेपालगन्जमा अत्याधुनिक डोङफेङ र दिपल शोरुमको उद्घाटन

एमएडब्लु वृद्धिद्वारा नेपालगन्जमा अत्याधुनिक डोङफेङ र दिपल शोरुमको उद्घाटन

नेपालगन्ज – नेपालका लागि दिपल र नामी इलेक्ट्रिक सवारी साधनको आधिकारिक...

लिपमोटर बी१० को स्निक प्रिभ्यु सम्पन्न, औपचारिक लन्च तथा मूल्य सार्वजनिक नाइमामा

लिपमोटर बी१० को स्निक प्रिभ्यु सम्पन्न, औपचारिक लन्च तथा मूल्य सार्वजनिक नाइमामा

काठमाडौं – नेपालमा लिपमोटरको आधिकारिक आयातकर्ता साङ्ग्रिला मोटर्स...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...