यो हो सोलारबाट चार्ज गर्न सकिने विश्वकै पहिलो कार

पेट्रोल डिजेल कारको विकल्पका रूपमा नयाँ–नयाँ आविष्कारहरू भइरहेका छन् । घाममा चार्ज हुने इलेक्ट्रिक कार पनि आइरहेका छन्, यद्यपि पूर्ण रुपमा यस्ता कार सफल भएका छैनन् ।

यो कारको नाम सोनो सायन हो । यसलाई जर्मन कार कम्पनी सोनो मोटर्सले तयार पारेको हो । विश्वको पहिलो सौर्य इलेक्ट्रिक कार सोनो सायन सन् २०१७ मा प्रस्तुत गरिएको थियो ।

कम्पनीले यो कार छिट्टै उत्पादन सुरु गर्ने दाबी गरेको छ । कम्पनीले सेप्टेम्बर १, २०२२ सम्म यो कारको लागि २० हजार भन्दा बढी बुकिङ प्राप्त गरिसकेको छ । सोनो सायन कार करिब २ हजार युरोमा बुकिङ गर्न सकिन्छ ।

सोनो साइनको मूल्य २५ हजार १२६ यूरो तोकिएको छ । यो सौर्य इलेक्ट्रिक कारको उत्पादन सन् २०२३ मा सुरु हुने अपेक्षा गरिएको छ । यो फिनल्याण्डको भोल्मेट अटोमोटिभ प्लान्टमा उत्पादन हुनेछ । कम्पनीले ७ वर्षमा २.५ लाखभन्दा बढी इलेक्ट्रिक कार बनाउने लक्ष्य राखेको छ ।

सोनो सायनमा ४५६ वटा सोलार सेल जडान गरिएको छ, जसले एक पटकको चार्जमा ११२ किलोमिटरको दुरी पार गर्न सक्ने दाबी गरिएको छ । घामको किरण बढी हुने क्षेत्रमा यो दुरी दोब्बर वा बढी हुने अनुमान गरिएको छ ।

सायन ईभीमा ५४ केडब्ल्युएच ब्याट्री समावेश गरिएको छ, जसले एक पटकको चार्जमा ३०५ किलोमिटरसम्मको रेन्ज प्रदान गर्छ । यो सानो ब्याट्रीको चार्जिङ क्षमता ७५ किलावाटमा सीमित गरेको छ । विशेष कुरा यो कारबाट अन्य कुनै पनि कार चार्ज गर्न सकिन्छ ।

सम्बन्धित समाचारहरू

हुुन्डाई कोना इलेक्ट्रिक अब शून्य प्रतिशत ब्याजदरमा पाइने

हुुन्डाई कोना इलेक्ट्रिक अब शून्य प्रतिशत ब्याजदरमा पाइने

काठमाडौं – नेपालको लागि हुन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी...

ईभी आयातमा रेकर्ड ब्रेक : गत आर्थिक वर्षमा भित्रिए ४ हजार बढी इलेक्ट्रिक सवारी

ईभी आयातमा रेकर्ड ब्रेक : गत आर्थिक वर्षमा भित्रिए ४ हजार बढी इलेक्ट्रिक सवारी

काठमाडौं – गत आर्थिक वर्ष २०७९/८० मा ४ हजार ५० इलेक्ट्रिक सवारी साधन...

वीरगन्जमा नयाँ शोरुमबाट टाटा पन्च ईभीको डेलिभरी सुरु

वीरगन्जमा नयाँ शोरुमबाट टाटा पन्च ईभीको डेलिभरी सुरु

काठमाडौं – टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङ...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...