एमजी एस५ ईभी : बेलायतको सबैभन्दा भरपर्दो सानो पारिवारिक इलेक्ट्रिक एसयूभी घोषित
बेलायतमा गरिएको सन् २०२६ को विश्वसनीयता सर्वेक्षणमा एमजी एस५ ईभी सबैभन्दा...
अमेरिकी विद्युतीय सवारी निर्माता टेस्लाले सन् २०२५ मा आफ्ना विश्वव्यापी सवारी डेलिभरी अघिल्लो वर्षको तुलनामा करिब आठ दशमलव छ प्रतिशतले घटेको शुक्रबार जनाएको छ ।
यससँगै वार्षिक विद्युतीय सवारी बिक्रीमा चीनको बीवाईडीले पहिलो पटक टेस्लालाई उछिनेको छ ।
अमेरिकामा विद्युतीय सवारी खरिद गर्न प्रोत्साहन दिने कर छुट सन् २०२५ को सेप्टेम्बरमा हटाइएपछि टेस्लाको बिक्रीमा नकारात्मक असर परेको कम्पनीले जनाएको छ । सन् २०२५ को चौथो त्रैमासिकमा टेस्लाले करिब चार लाख चौँतीस हजार सवारी उत्पादन गरेको थियो भने चार लाख अठार हजारभन्दा बढी सवारी डेलिभर गरेको थियो । यो सङ्ख्या अघिल्लो वर्षको सोही अवधिको तुलनामा करिब सोह्र प्रतिशतले कम हो ।
यसैबीच, चिनियाँ कम्पनी बीवाईडीले सन् २०२५ मा विश्वव्यापी रूपमा करिब बाइस लाख सत्तावन्न हजार विद्युतीय सवारी बिक्री गरेको जनाएको छ, जुन अघिल्लो वर्षको तुलनामा करिब सत्ताइस दशमलव छ प्रतिशतले बढी हो । बीवाईडीका अनुसार चीनबाहिर एशिया, युरोप र ल्याटिन अमेरिकाजस्ता बजारमा पनि यसको बिक्री तीव्र रूपमा बढिरहेको छ ।
टेस्ला अझै पनि अमेरिकाको सबैभन्दा ठूलो विद्युतीय सवारी निर्माता कम्पनी हो र घरेलु विद्युतीय सवारी बजारको करिब पैँतालीस प्रतिशत हिस्सा ओगटेको छ । तर, बिक्री घट्दै जानुले अमेरिकी विद्युतीय सवारी बजारमा समग्र सुस्तता देखिएको संकेत गरेको छ ।
अटोमोबाइल अनुसन्धान संस्था कक्स अटोमोटिभका अनुसार सन् २०२५ को नोभेम्बरमा अमेरिकामा सबै ब्रान्डका विद्युतीय सवारी बिक्री अघिल्लो वर्षको तुलनामा चालीस प्रतिशतभन्दा बढीले घटेको थियो । उद्योग विश्लेषकहरूका अनुसार सन् २०२६ मा पनि अमेरिकामा विद्युतीय सवारी बिक्री कमजोर नै रहने अनुमान गरिएको छ । -सिन्ह्वा
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...