यो हो विश्वकै सबैभन्दा सस्तो भनिएको इलेक्ट्रिक स्कुटर (विशेषता र मूल्य सहित)

भारतमा डिटेल ईजी प्लस इलेक्ट्रिक स्कुटर लन्च भएको छ । सो मोपेडलाई कम्पनीले ३९ हजार ९९९ भारुमा लन्च गरेको छ । कम्पनीका अनुसार सो स्कुटर विश्वको सबैभन्दा सस्तो इलेक्ट्रिक स्कुटर बनेको छ । सो स्कुटर खरिद गर्नको लागि अनलाइनबाट पनि बुकिङ गर्न सकिन्छ । यसको लागि २ हजार भारुमा बुक गर्न सकिन्छ । सो स्कुटर कम्पनीको वेबसाइटबाट खरिद गर्न सकिन्छ । सो स्कुटरमा २५० वाटको इलेक्ट्रिक मोटर र ४८ भोल्ट लिथियम आयोन फास्फेट ब्याट्री जडान गरिएको छ । सो ब्याट्री ६ देखि ७ घन्टामा फुल चार्ज गर्न सकिन्छ । कम्पनीले सो स्कुटरको लागि २ वर्षको स्ट्यान्डर्ड वारेन्टी उपलब्ध गराएको छ । सो स्कुटर खरिद गर्दा प्रिपेड रोडसाइड असिस्टेन्स प्याकेज र फ्रि हेलमेट उपलब्ध गराएको छ । सो स्कुटरले सिंगल चार्जमा ६० किलोमिटरको रेन्ज दिन्छ । यसको लोड क्षमता १७० किलोग्राम रहेको छ । स्कुटरको ग्राउन्ड क्लियरेन्स १७० एमएम रहेको छ । यसको टप स्पिड २५ किलोमिटर प्रति घन्टा रहेको छ । कम्पनीले सो स्कुटर मेटेलिक ब्ल्याक, मेटेलिक रेड, मेटेलिक येल्लो, गनमेटल र पर्ल ह्वाइट रङमा उपलब्ध गराएको छ ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...