सडक सुरक्षा सम्बन्धी राष्ट्रिय युवा सम्मेलन हुने, यस्तो छ कार्यक्रम र यसको महत्व
काठमाडौं – नेसनल युथ कन्फ्रेन्स फर सेफ एन्ड सस्टेनेवल मोबिलिटी सम्बन्धी...
महिलाको मोटर स्पोर्ट्समा समान सहभागिता मुख्य नाराका साथ ११४ औँ अन्तर्राष्ट्रिय महिला दिवसको उपलक्ष्यमा वुमन्स इन्टरनेसनल मोटरसाइकल एसोसिएसन नेपाल (विमा नेपाल) र नासा नेपाल महिला कमिसनको संयुक्त आयोजनामा हिजो फागुन २४ गते भव्य रुसमा मोटरसाइकल ¥याली सम्पन्न भएको छ ।
काठमाडौँ छाउनी लिफ लाउन्जबाट ¥याली सुरु भएर बनेपामा सम्पन्न भएको थियो । उक्त ¥यालीमा मोटरसाइकल र स्कुटर गरी ५० भन्दा बढी महिलाहरुको सहभागिता रहेको आयोजकको भनाइ छ ।
कार्यक्रम नासा नेपालका अध्यक्ष दशरथ रिसालले फ्याग अफ गरेर सुरु गरेका थिए भने सचिव सन्तोष न्यौपानेले राइडरहरुले पालना गर्नु पर्ने नियम, सुरक्षा र अनुशासन सम्बन्धी नियम अवगत गराएका थिए । यसै गरी नासा नेपालका बोर्ड सदस्य र विमा नेपालका संयोजक सञ्जु बज्राचार्यले सहभागीहरुलाई कार्यक्रम सफलताको सुभकामना प्रदान गदै महिलालाई कम्फट जोनबाट बाहिर निस्केर आफ्नो भविष्य सुनौलो बनाउनमा आफै अग्रसर हुनु पर्ने कुरामा जोड दिएकी थिइन् । उनले आगामी दिनहरुमा महिला सशक्तिकरण र उत्थानको लागि यस्ता गतिविधि गर्ने प्रतिवद्धता जनाइन् ।
महिलाहरुको मनोबल उच्च बनाउन, घरेलु हिंसा कम गर्न, समान अवसर र सहभागिता प्रदान गर्ने उद्देश्यले नासा नेपाल अन्तर्गत ड्राइभ टुरिम र मोटरस्पोर्ट कमिसनले यस्ता गतिविधि विगत १५ वर्ष देखी गर्दै आइरहेको कार्यक्रम संयोजक दुर्गा रञ्जितकारले बताइन् ।
यस्ता कार्यक्रमले ट्राफिक नियमको सही पालना र सुरक्षित यात्रा र यात्रामा अपनाउनु पर्ने सन्देश पनि दिएको छ ।
राइडर टोलीलाई बनेपा नगरपालिका, साना घरेलु उद्योग संघ लगायत अन्य संघसंसथाहरुले भव्यताका साथ स्वागत गरेर कार्यक्रमको शोभा बढाएका थिए । सहभागी ५० जना महिला राइडरलाई सम्मान र सहभागिताको प्रमाणपत्र बनेपा नगरपालिका उपमेयर बिमला सापकोटाले प्रदान गरिन् ।
काठमाडौं – नेसनल युथ कन्फ्रेन्स फर सेफ एन्ड सस्टेनेवल मोबिलिटी सम्बन्धी...
काठमाडौं – गोविन्द भट्टराईद्वारा लिखित पुस्तक ‘कार्ल मार्क्सको कसम’ आज एक...
नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा नेपाल) ले गत सेप्टेम्बर २७ मा शुरु गरेको...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...