बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
काठमाडौं – नेपालमा रोयल इन्फिल्ड मोटरसाइकलको आधिकारिक विक्रेता एमभी दुगड ग्रुप अन्तर्गतको विवेक अटोमोबाइल्स प्रालिले हिजो मार्च ८ तारिख अर्थात १११औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा वुमन्स डे राइड कार्यक्रमको आयोजना गरेको छ ।
सो राइड कार्यक्रमको शुभारम्भ रोयल इन्फिल्डका हेड अफ अपरेसन कनक जम्मरले गरेका थिए । बालाजुस्थित रोयल इन्फिल्ड शोरुम देखि सुरु भएको सो राइड बनस्थली–स्वयम्भु–बल्खु–सानेपा हुदै टेकुको जन उद्धार सेवा समितिमा पुगेको थियो । सो बालआश्रममा राशन र पढाई–लेखाइका सामग्रीको सहयोग गरि पहिलो चरण समाप्त गरेको थियो । दोश्रो चरणको लागि जन उद्धार सेवा समिति देखि साँगा सम्मको ४० किलोमिटरको यात्रा पुरा गरेको विवेक अटोमोबाइल्सले बताएको छ ।
३१ वटा रोयल इन्फिल्ड मोटरसाइकलमा सवार ४३ जना राइडरहरुले सो राइडमा सहभागिता जनाएका थिए । उत्तर र दक्षिण दुवै मोहडाबाट सगरमाथा आरोहण गरी रेकर्ड कायम गरेकी महिला पत्रकार कल्पना महर्जन सो राइड कार्यक्रमको प्रमुख अतिथि थिइन् ।
सो राइड कार्यक्रममा सबै भन्दा बढी अर्थात ६१ वर्ष उमेरकी पूर्व डीआईजीपी श्रीमती बिमला थापा र सबै भन्दा सानो उमेर अर्थात १७ वर्षकी सुश्री सिताष्मा लामाको सहभागिता रहेको थियो । बालाजु स्थित रोयल इन्फिल्ड शोरुम देखि साँगा सम्मको ४० किलोमिटरको मोटरसाइकल -यालीका लागि रोड क्यापटेन वुमन्स इन्टरनेसनल मोटरसाइकल एसोसिएसन अर्थात विमा नेपालकी अध्यक्ष सुनिता देशार थिइन् भने काठमाडौं लिजेन्ड्स टिमले रोड मार्सलिङको कार्य गरेको थियो ।
कार्यक्रममा गाइड द ब्लाइन्ड र अक्वा पोङ जस्ता भाइचारा अनि आपसी मेल बढाउने खेलहरु समावेश गरिएका थिए । गाइड द ब्लाइन्डका बिजेता सिताष्मा लामा, रन्जु सापकोटा, रोशनी भण्डारी, स्मृति भारती र कोपिला मगर बनेका थिए । अक्वा पोङका बिजेता भने सिताष्मा लामा, रोशनी भण्डारी र स्मृति भारती भएका थिए ।
अनाथ बालबालिकाहरुलाइ सेवा गर्दै आएको श्री जन उद्धार सेवा समितिलाई सहयोग एवं त्यस बालआश्रममा रहेका बालबालिकासँग अन्तरक्रिया गर्नु सो राइडको मुख्य उद्देश्य रहेको कम्पनीको भनाइ छ । साथसाथै विभिन्न कार्य तथा पेशामा आबद्ध भएका नारीहरुको सशक्तिकरण पनि सो राइडको मूल उद्देश्य थियो ।
संस्थागत सामाजिक उत्तरदायित्वलाई प्राथमिकता दिनु र वुमन इम्पावरमेन्ट एन्ड इक्वालिटीलाई प्रोत्साहन गर्नु -यालीको मनसाय रहेको बताइएको छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...