वुमन रेसिङ च्याम्पियनसिप २०२३ सम्पन्न, नवाङ्ग मोक्तान विजयी

100 Girls In Motorcycling कार्यक्रम अन्तर्गतको साहसिक रेसिङ वुमन रेसिङ च्याम्पियनसिप २०२३ शनिबार सम्पन्न भएको छ । हिमालयन मोटरल्याण्ड, धुलिखेलमा सम्पन्न सो रेसिङमा नवाङ्ग मोक्तान प्रथम भएकी छिन् । प्रतियोगितामा गङगा श्रेष्ठले दोश्रो र रोश्नी भण्डारीले तेश्रो स्थान हासिल गरिन् ।

मोटरल्याण्ड भित्रको ट्रयाकमा आयोजना गरिएको सो प्रतियोगितामा १८ प्रतिस्पर्धीले भाग लिएका थिए । स्किल तथा स्पिड बेसको आधारमा विश्व भरि लोकप्रिय मोटो जिमखाना च्याम्पियनसिप पनि सो अवसरमा आयोजना भएको थियो, जसमा गङगा श्रेष्ठ प्रथम, शिवा सिंह ठकुरी दोश्रो र सुमी न्यौपाने तेस्रो भएकी थिइन् भने बेस्ट पर्फमरको उपाधि जयन्ती सुनुवारले हात पारिन् ।

धुलिखेल नगरपालिकाका मेयर अशोक ब्यान्जु र अन्तर्राष्टिय अटोमोबाइल फेडेरेशनका सदस्य गोविन्द भट्टराईले सुरुवात गरेको सो रेस इभेन्टमा विजयहरुलाई राखेप बोर्ड सदस्य अन्जन धमला, नासा नेपालका अध्यक्ष दशरथ रिसाल लगायतले पुरस्कार वितरण गरेका थिए ।

नासा नेपालका तालिम प्राप्त मार्सलहरुले व्यवस्थापन गरेका सो कार्यक्रममा इन्टरनेसनल स्कुल्स स्पोर्ट्स फेडरेसनका राजकुमार कार्की र वुइमा नेपालकी प्रतिनिधी सञ्जु बज्राचचार्य, यामाहा नेपालका मार्केटिङ हेड यम गुरुङ र नासा नेपालका पदाधिकारीहरु लगायतको उपस्थिति रहेको थियो ।

यामाहा नेपालको मूख्य प्रायोजन रहेको सो प्रहियोगिता भीआर ४६ नेपाल मोटर स्पोर्ट्स प्रालिले आयोजना गरेको थियो । विजयहरुलाई शिल्ड र सर्टिफिकेट तथा नगद पुरस्कार प्रदान गरिएको नासा नेपालले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

सम्बन्धित समाचारहरू

२०२३ मा भारतमा बाइक रेसिङ प्रतियोगिता मोटोजीपी आयोजना हुने

२०२३ मा भारतमा बाइक रेसिङ प्रतियोगिता मोटोजीपी आयोजना हुने

भारतमा आगामी वर्ष अर्थात सन् २०२३ मा मोटोजीपी प्रतियोगिता आयोजना हुने...

नेपालमा सडक दुर्घटना रोकथामका लागि ‘सेफट्रिप नेपाल’ को शुभारम्भ

नेपालमा सडक दुर्घटना रोकथामका लागि ‘सेफट्रिप नेपाल’ को शुभारम्भ

काठमाडौं – नेपालमा बढ्दो सडक दुर्घटनाको समस्या समाधानका लागि नेपाल इन्जरी...

काठमाडौं–नमोबुद्ध टुरिङ -याली सम्पन्न

काठमाडौं–नमोबुद्ध टुरिङ -याली सम्पन्न

काठमाडौं– नेपाल अटोमोवाइल्स एसोसिएसन (नासा नेपाल) र महिला मोटरसाइकल...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...