प्योर इभीले ल्यायो विन्टर अफर, मोटरसाइकल र स्कुटरमा १५ हजारसम्म नगद छुट

प्योर इभीको नेपालका लागि आधिकारिक वितरक ह्वाइट लोटस मोटर्सले विन्टर अफर ल्याएको छ । उक्त अफर अन्तर्गत यो व्रान्डका मोटरसाइकल र स्कुटरको खरिदमा ग्राहकले १५ हजार रुपैयाँसम्म नगद छुट र एउटा डाउन ज्याकेट उपहार पाउनेछन् ।

ह्वाइट लोटसले २ मोडलका स्कुटर र एउटा मोटरसाइकलमा सो अफर लागु गरेको हो । अफर अन्तर्गत ई प्लुटो ७जी र निओ इट्रान्स इलेक्ट्रिक स्कुटरको खरिदमा ८ हजार र इट्रिस्ट ३५० मोटरसाइकलमा १५ हजार रुपैयाँ नगद छुट उपलब्ध गराइने जनाइएको छ ।

प्योर इभी भारतको प्रिमियम इभी ब्रान्ड हो । नेपाली बजारमा यसको ई प्लुटो ७जीको मूल्य २ लाख ७५ हजार, इट्रान्स निओलाई २ लाख ६० हजार र इट्रिस्ट ३५० को ४ लाख रुपैयाँ निर्धारण गरिएको छ । कम्पनीले देशका विभिन्न स्थानहरुमा डिलर नेटवर्क विस्तार गरी यी स्कुटर र मोटरसाइकलको कारोबार गर्दै आइरहेको छ ।

सम्बन्धित समाचारहरू

विद्युतीय गाडी उत्पादन गर्न कोरियाली कम्पनीसँग सम्झौता

विद्युतीय गाडी उत्पादन गर्न कोरियाली कम्पनीसँग सम्झौता

विद्युतीय गाडी उत्पादनका लागि नेपाल र कोरियाका दुई कम्पनीबीच सम्झौता भएको...

ब्याट्री स्वापिङ प्रविधिसहित नेपाल भित्रिँदै नियो, पारामाउन्ट मोटर्स बन्यो आधिकारिक बिक्रेता

ब्याट्री स्वापिङ प्रविधिसहित नेपाल भित्रिँदै नियो, पारामाउन्ट मोटर्स बन्यो आधिकारिक बिक्रेता

चिनियाँ ईभी निर्माता नियो ब्याट्री स्वापिङ प्रविधिसहित नेपाल आउने भएको छ...

रत्नपार्कमा राखियो विद्युतीय सवारीका लागि चार्जिङ स्टेशन

रत्नपार्कमा राखियो विद्युतीय सवारीका लागि चार्जिङ स्टेशन

नेपाल विद्युत् प्राधिकरणले रत्नपार्कको कार्यालयमा चार्जिङ स्टेशन राखेको...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...