सकियो रेसिङ च्याम्पियनसिपको अर्को राउन्ड, यी हुन् विजेता
काठमाडौं – नेपाल रोड रेसिङ च्याम्पियनसिपको राउन्ड २ सम्पन्न भएको छ ।...
काठमाडौं – पोखरामा नेपाल रोड रेसिङ च्याम्पियनसिप २०२३ सम्पन्न भएको छ । शुक्रबार र आज शनिबार गरी दुई दिन सम्म चलेको सो च्याम्पियनसिपमा नोभिस र नेसनल गरी दुई क्याटागोरीमा बाइक राइडरहरु प्रतिस्पर्धा गरेका थिए ।
सो च्याम्पियनसिप अन्तर्गत नेसनलतर्फ आशिक लामा प्रथम, राजकुमार कार्की द्वितीय र उकेश थापा तृतीय भए । त्यसैगरी नोभिसतर्फ निमेश ठकुरी प्रथम, दिलिप दनुवार द्वितीय र मुंगेश जोशी श्रेष्ठ तृतीय भए ।
विजेताहरुलाई प्रमुख अतिथिको रुपमा प्रदेश सभा सदस्य दीपक मनांगे र अन्य अतिथिहरुले पुरस्कार वितरण गरे ।

पोखरा रंगशालामा शुक्रबार क्वालिफाइङ राउन्ड भएको थियो भने आज फाइनल राउन्ड भएको थियो । मोटर स्पोर्ट्स नेपाल र पोखरा महानगर खेलकुद विकास समितिको आयोजनामा उक्त च्याम्पियनसिप सम्पन्न भएको हो ।

सो इभेन्टलाई मोटरसाइकलको अन्तर्राष्ट्रिय महासंघ एफआईएम तथा नासा नेपालको समेत सहयोग रहेको छ । विजेताहरुलाई अन्तर्राष्ट्रिय प्रतियोगिताहरुमा सहभागिताको अवसर प्रदान गरिने बताइएको छ ।

विजेता खेलाडीलाई नगदका साथै शिल्ड र प्रमाणपत्र प्रदान गरिएको छ । देशभरका राइडर सहभागी सो प्रतियोगिताको मुख्य प्रायोजक यामाहा आर१५ सिरिज रहेको छ ।
काठमाडौं – नेपाल रोड रेसिङ च्याम्पियनसिपको राउन्ड २ सम्पन्न भएको छ ।...
काठमाडौं – एफआइएम सस्टेनेबल विक २०२१ को अवसरमा नेपाल अटोमोवाइल्स एसोसिएसन...
काठमाडौं – सांस्कृतिक संग्रहालय नेपाल र नेपाल ओलम्पिक म्युजियमको...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...