जीरो एमिसन राइड एनले नयाँ स्कुटर ‘विङ्गर’ नेपाल ल्याउँदै

काठमाडौं– इलेक्ट्रिक स्कुटर बजारमा सक्रिय जीरो एमिसन राइड एनले आफ्नो नयाँ मोडल ‘विङ्गर’ सार्वजनिक गर्न लागेको छ ।

चीनमा उत्पादन भएको यो स्कुटर अबको एक हप्ताभित्र नेपाल आउने कम्पनीले जनाएको छ । कम्पनीले हालै फोटोसहित यसको जानकारी सार्वजनिक गर्दै यो मोडललाई ‘बोल्ड र आकर्षक’ डिजाइनमा प्रस्तुत गरेको बताएको छ ।

सारथी इकुटर ब्राण्डको यस स्कुटरमा ३९०० वाटको पावरफुल मोटर जडान गरिएको छ, जसले उत्कृष्ट पर्फर्मेन्स दिनेछ । ७२ भोल्ट ३५ एम्पियर आवर क्षमताको ठूलो ब्याट्री प्याक प्रयोग गरिएकाले एकपटकको फुल चार्जमा यसले करिब १०० किलोमिटरको रेन्ज प्रदान गर्न सक्छ ।

यो स्कुटरलाई ५ देखि ६ घण्टामा फुल चार्ज गर्न सकिन्छ भने यसको टप स्पीड ६५ किलोमिटर प्रतिघण्टा रहेको छ । डबल डिस्क ब्रेक र १२ इन्चका टायरले यसलाई अफरोडको लागि पनि सहज बनाएको छ ।

स्कुटरमा डिजिटल डिस्प्ले, एनएफसी कार्ड, एन्टि–थेफ्ट अलार्म, ह्विल लक सिस्टम, रिजनरेटिभ ब्रेकिङ सिस्टमजस्ता अत्याधुनिक फिचरहरू छन् । साथै, इको, कम्फर्ट र स्पोर्ट गरी तीनवटा मोडमा चलाउन सकिने सुविधा उपलब्ध छ ।

जीरो एमिसन राइड एनले विगत ६ वर्षदेखि नेपालमा लुयान ब्रान्डका इलेक्ट्रिक स्कुटरहरू बिक्री गर्दै आएको छ । उचित मूल्य, बलियो बिल्ड क्वालिटि, र बिक्रीपछिको उत्कृष्ट सेवाको कारण कम्पनीले नेपाली बजारमा विश्वास जित्न सफल भएको छ ।

कम्पनीको काठमाण्डौं उपत्यकामा मात्र करिब १४ स्थानमा सर्भिस सेन्टर तथा चार्जिङ्ग प्वाइन्ट सँचालनमा रहेको छ भने अधिराज्यभरी करिब १४ शहरहरुमा डिलर नेटवर्क रहेको छ । विङ्गरको आगमनले नेपाली ग्राहकलाई नयाँ अनुभव प्रदान गर्ने विश्वास कम्पनीले लिएको छ ।

सम्बन्धित समाचारहरू

देशभरका यी ५१ स्थानमा बनाउदै विद्युत प्राधिकरणले चार्जिङ स्टेशन

देशभरका यी ५१ स्थानमा बनाउदै विद्युत प्राधिकरणले चार्जिङ स्टेशन

काठमाडौं – नेपाल विद्युत प्राधिकरणले काठमाडौं स्थित प्राधिकरण परिसरमा...

पेट्रोलियम बाइक तथा स्कुटरलाई तीन घण्टामै विद्युतीयमा रुपान्तरण गर्न सकिने : यस्तो छ प्रक्रिया

पेट्रोलियम बाइक तथा स्कुटरलाई तीन घण्टामै विद्युतीयमा रुपान्तरण गर्न सकिने : यस्तो छ प्रक्रिया

काठमाडौं – पेट्रोलबाट चल्ने आफ्ना पुराना बाइक वा स्कुटरलाई केही घण्टामै...

टोयोटाले देखायो एक साथ १५ वटा इभीको कन्सेप्ट, इभीको बजारले थप उचाई लिने

टोयोटाले देखायो एक साथ १५ वटा इभीको कन्सेप्ट, इभीको बजारले थप उचाई लिने

बिश्वको सबैभन्दा ठूलो कार उत्पादक कम्पनी टोयोटाले एकसाथ १५ वटा इभीको...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...