नेपाली बजारमा सार्वजनिक भयो दिपल एस०७ एल, ३ लाख छुटका साथ यस्तो छ मूल्य
काठमाडौं – नेपालका लागि दिपलको आधिकारिक वितरक एमएडब्लू वृद्धिले आफ्नो सफल...
काठमाडौं – जेरो ईमिसन राईड एनले अत्याधुनिक प्रविधिसहितको विंगर इलेक्ट्रिक स्कुटर भित्र्याएको छ । उत्कृष्ट डिजाइन, मजबुत बनावट, शक्तिशाली मोटर र उच्च ब्याट्री क्षमताका कारण विंगर स्कुटर नेपाली उपभोक्तामाझ निकै प्रतिक्षित मोडेल थियो । नयाँ स्कुटरको आगमनसँगै ग्राहकहरूले अझ राम्रो रेञ्ज, सुरक्षासहितको सवारी सुविधा र टिकाउपनको अनुभव लिन सक्ने कम्पनी भनाई छ ।
सो नयाँ स्कुटर ७२ भोल्ट ३८ एम्पियर आवर क्षमताको ग्राफिन ब्याट्री तथा ७२ भोल्ट ४० एम्पियर आवर क्षमताको लिथियम आयोन ब्याट्रीसहित दुई भेरियन्टमा उपलब्ध छ । जसअनुसार ग्राफिन ब्याट्री भेरियन्टले १०० माथी किलोमिटर र लिथियम आयोन भेरियन्टले सो भन्दा बढी रेन्ज प्रदान गर्ने दाबी गरिएको छ ।
स्कुटरमा २ हजार वाट रेटेड र ३ हजार ९०० वाट पिक पावर मोटर जडान गरिएको छ । जसले गर्दा यसको तान्ने क्षमता निकै राम्रो रहेको बताइएको छ । विंगरको टप स्पीड ६५ किलोमिटर प्रतिघण्टा रहेको छ भने ५ देखि ६ घण्टाभित्रै फुल चार्ज गर्न सकिन्छ ।

साथै, यसमा १२ इन्चको व्हिल, दुबै पाँग्रामा डिस्क ब्रेक, पर्याप्त लेग स्पेस र पछाडि क्यारियर बक्स समेत उपलब्ध गराइएको छ । यसैगरी, ठूला टायरहरू, एनएफसी कार्ड स्टार्ट सिस्टम, एन्टी–थेफ्ट अलार्म, ह्वील लक, ह्याजार्ड लाइट, पार्किङ सेन्सर, साइड स्ट्यान्ड सेन्सर, रिभर्स गियर मोड, रिजेनेरेटिभ ब्रेकिङ सिस्टम लगायतका उन्नत प्रविधिहरूले सुरक्षा सहितको आरामदायी यात्रा गर्न मद्दत गर्ने विश्वास लिइएको छ ।
कम्पनीले यसको ग्राफिन ब्याट्री भेरियन्टको मूल्य २ लाख ९ हजार ७०० र लिथियम आयोन भेरियन्टको २ लख ५४ हजार ७०० रुपैँया निर्धारण गरेको छ । ग्राहकहरूको सुविधाका लागि कम्पनीले एक्सचेन्ज तथा फाइनान्स सुविधा समेत ल्याएको छ ।
नेपालमा पछिल्लो ६ वर्षदेखि इलेक्ट्रिक स्कुटर बिक्री गर्दै आएको जेरो एमिसन राइड एनले ईभी दुईपांग्रे सवारीमा सबैभन्दा राम्रो बिक्रीपछिको सेवा दिँदै आएको दाबी गरेको छ । कम्पनीले हाल काठमाडौं उपत्यकामा १४ वटा सर्भिस सेन्टर र चार्जिङ पोइन्टहरू सञ्चालनमा ल्याएको छ ।
काठमाडौं – नेपालका लागि दिपलको आधिकारिक वितरक एमएडब्लू वृद्धिले आफ्नो सफल...
बीवाईडीको नेपालका लागि आधिकारिक वितरक साइमेक्स इंकले विश्व जैविक विविधता...
काठमाडौँ – लिपमोटरले ग्राहकहरूको विद्युतीय सवारी अनुभव गर्ने तरिकालाई...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...