आयो अल्टोको नयाँ भेरिएन्ट टुर एच१, माइलेज नै २४.६० किमी
मारुती सुजुकीले अल्टोको टुर एच१ भेरिएन्ट लन्च गरेको छ । यो कार मारुती...
मारुती सुजुकीको पहिलो ईभीएक्स सन् २०२४ मा लन्च हुने अनुमान गरिएको थियो । तर विभिन्न कारणले मारुतीको पहिलो इलेक्ट्रिक कार लन्चिङ मिति सारिएको छ । अब मारुतीले आफ्नो पहिलो इलेक्ट्रिक कार सन् २०२५ मा भारतमा लन्च गर्न सक्ने अपेक्षा गरिएको छ ।
मारुती सुजुकीको इलेक्ट्रिक कार लन्चमा ढिलाइ हुनुमा सप्लाई चेन, पूर्वाधारको अभाव र मूल्य निर्धारण जस्ता विभिन्न कारण हुन सक्ने अनुमान गरिएको छ । यद्यपि कम्पनीले यसको बारेमा कुनै आधिकारिक कारण बताएको छैन । कम्पनीले गत वर्ष मोबिलिटी शोमा ईभीएक्स इलेक्ट्रिक एसयूभी सार्वजनिक पनि गरिसकेको छ ।
हाल रूस र युक्रेनको युद्धले विश्व बजारमा नै सेमीकन्डक्टर चिप्स र ब्याट्रीको अभावले मारुतीलाई पनि प्रभाव पारेको हुन सक्ने अनुमान गरिएको छ । जसका कारण मारुती सुजुकीलाई आफ्नो उत्पादन योजना पूरा गर्न गाह्रो भइरहेको अनुमान गरिएको छ।
साथै मारुती सुजुकीले आफ्ना ग्राहकहरुका लागि पर्याप्त चार्जिङ स्टेशन पुगोस् भन्ने चाहेको छ । तर भारतमा इलेक्ट्रिक सवारी साधनको चार्जिङ स्टेशनको पूर्वाधार अझै पनि प्रारम्भिक चरणमा छ। चार्जिङ स्टेशनको अभावका कारणले पनि मारुतीले आफ्नो पहिलो इलेक्ट्रिक कार लन्चिङमा ढिलाइ गरेको हुन सक्ने सम्भावित अनुमान छ।
हालसम्म पनि पेट्रोल र डिजेल कार भन्दा इलेक्ट्रिक कार महँगो छ। मारुती सुजुकीले आफ्नो इलेक्ट्रिक कार स्थापनाका लागि प्रतिस्पर्धी मूल्यमा प्रस्तुत गर्नुपर्नेछ । तर कम्पनीलाई ब्याट्री र अन्य कम्पोनेन्टको उच्च लागतका कारण मूल्य समायोजनमा निकै गाह्रो हुने सम्भावना छ ।
यद्यपि मारुती सुजुकीले यी चुनौतीहरूको सामना गर्न र जतिसक्दो चाँडो आफ्नो इलेक्ट्रिक कार लन्च गर्न काम गरिरहेको छ । यसकाे लागि कम्पनीले भारतमा ब्याट्री उत्पादन बढाउन र चार्जिङ पूर्वाधार विकास गर्न सरकारसँग साझेदारी पनि गरेको छ।
मारुती सुजुकीले अल्टोको टुर एच१ भेरिएन्ट लन्च गरेको छ । यो कार मारुती...
सवारीसाधन उत्पादनमा अत्यावश्यक सेमिकन्डक्टरको विश्वव्यापी अभावका कारण...
सुजुकीले ईआईसीएमए २०२२ मा जीएसएक्स–८एस नामको नयाँ बाइक सार्वजनिक गरेको छ...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...