स्पेयर टायरलाई किन भनिन्छ स्टेपनी ?

स्टेपनी नाम सबैले कुनै न कुनै बेला सुनेकै होला । कारको टायर पञ्चर हुँदा स्टेपनी नभई हुँदैन । तर स्टेपनीको अर्थ के हो भनेर कमैलाई थाहा होला । स्टेपनी कहिले र कहाँ आविष्कार भएको थियो र यो संसारभर कसरी फैलियो भन्ने बारेमा चर्चा गरौं ।

यसको सुरुवात सन् १९०० मा भएको थियो । कच्चा सडक वा ढुङ्गाले बनेको सडकको कारण कारको टायर चाँडै पञ्चर हुने समस्या थियो । यस्तो अवस्थामा इङ्गल्याण्डका २ दाजुभाई डेभिस र वाल्टरले कारको सो समस्या समाधानको लागि कारका लागि अतिरिक्त टायर बनाउने सोचेका थिए ।

सन् १९०४ मा वाल्टर र टमले एउटा कम्पनी स्थापना गरे । यो कम्पनीको नाम स्टेपनी आइरन मोर्गन थियो । सो कम्पनीले स्पेयर टायर उत्पादन गर्दथ्यो र यहीबाट कारको पाँचौ टायरको नाम स्टेपनी भयो । स्टेपनी इङ्गल्याण्डको एउटा जिल्लाको नाम हो, जहाँ वाल्टर र टम बस्थे ।

स्पेयर टायरको यो अवधारणा सबैले मन पराए । त्यसपछि इङ्गल्याण्डको सबै ठाउँमा स्टेपनी बिक्री हुन थाल्यो र विस्तारै अमेरिकालगायत युरोपमा पनि बिक्री हुन थाल्यो । यसरी स्टेपनी सारा संसारभर फैलिन थाल्यो ।

त्यसपछि स्पेयर टायरलाई स्टेपनी भन्न थाले । कारको पाँचौ टायरको नाम स्टेपनीको रूपमा आजसम्म उस्तै छ ।

सम्बन्धित समाचारहरू

सौराहामा सम्पन्न भयो नेपालमै उत्पादित डेल्टा मोटरसाइकल टायरको डिलर मिट

सौराहामा सम्पन्न भयो नेपालमै उत्पादित डेल्टा मोटरसाइकल टायरको डिलर मिट

चितवनको सौराहामा डेल्टा मोटरसाइकल टायरको देशभरका डिलरहरुको भेला सम्पन्न...

आयो ट्रयाक्टर ट्रली तथा ट्रलीको लागि प्रयोग हुने नेपाली टायर, अर्थमन्त्रीद्वारा सार्वजनिक

आयो ट्रयाक्टर ट्रली तथा ट्रलीको लागि प्रयोग हुने नेपाली टायर, अर्थमन्त्रीद्वारा सार्वजनिक

काठमाडौं – नेपाली टायर उत्पादक कम्पनी ग्रिन टायर प्रालिले ट्रयाक्टर ट्रली...

७७ वर्ष पहिलेको घटना : सेभ्रोले कार कम्पनीका एक संस्थापक आर्थर सेभ्रोलेले गरेका थिए आत्महत्या

७७ वर्ष पहिलेको घटना : सेभ्रोले कार कम्पनीका एक संस्थापक आर्थर सेभ्रोलेले गरेका थिए आत्महत्या

७७ वर्ष पहिले अप्रिल १६, १९४६ का दिन लामो समयको डिप्रेसनमा रहेका आर्थर...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...