स्पेयर टायरलाई किन भनिन्छ स्टेपनी ?

स्टेपनी नाम सबैले कुनै न कुनै बेला सुनेकै होला । कारको टायर पञ्चर हुँदा स्टेपनी नभई हुँदैन । तर स्टेपनीको अर्थ के हो भनेर कमैलाई थाहा होला । स्टेपनी कहिले र कहाँ आविष्कार भएको थियो र यो संसारभर कसरी फैलियो भन्ने बारेमा चर्चा गरौं ।

यसको सुरुवात सन् १९०० मा भएको थियो । कच्चा सडक वा ढुङ्गाले बनेको सडकको कारण कारको टायर चाँडै पञ्चर हुने समस्या थियो । यस्तो अवस्थामा इङ्गल्याण्डका २ दाजुभाई डेभिस र वाल्टरले कारको सो समस्या समाधानको लागि कारका लागि अतिरिक्त टायर बनाउने सोचेका थिए ।

सन् १९०४ मा वाल्टर र टमले एउटा कम्पनी स्थापना गरे । यो कम्पनीको नाम स्टेपनी आइरन मोर्गन थियो । सो कम्पनीले स्पेयर टायर उत्पादन गर्दथ्यो र यहीबाट कारको पाँचौ टायरको नाम स्टेपनी भयो । स्टेपनी इङ्गल्याण्डको एउटा जिल्लाको नाम हो, जहाँ वाल्टर र टम बस्थे ।

स्पेयर टायरको यो अवधारणा सबैले मन पराए । त्यसपछि इङ्गल्याण्डको सबै ठाउँमा स्टेपनी बिक्री हुन थाल्यो र विस्तारै अमेरिकालगायत युरोपमा पनि बिक्री हुन थाल्यो । यसरी स्टेपनी सारा संसारभर फैलिन थाल्यो ।

त्यसपछि स्पेयर टायरलाई स्टेपनी भन्न थाले । कारको पाँचौ टायरको नाम स्टेपनीको रूपमा आजसम्म उस्तै छ ।

सम्बन्धित समाचारहरू

बजारमा आयो नेपालमै बनेको ट्रयाक्टर टायर

बजारमा आयो नेपालमै बनेको ट्रयाक्टर टायर

काठमाडौं – निजी लगानीमा नेपालमा खुलेको पहिलो टायर उत्पादक कम्पनी ग्रिन...

मर्सिडिज र फरारी कार भन्दा पनि महँगो छ यो टायर, सबैभन्दा महँगो कुन ? हेर्नुहोस्

मर्सिडिज र फरारी कार भन्दा पनि महँगो छ यो टायर, सबैभन्दा महँगो कुन ? हेर्नुहोस्

सन् २०१६ मा जेड टायरले विश्वको सबैभन्दा महँगो टायर बनाएको थियो । यसमा २४...

अब मिशलिन टायर विशेष छुट सहित दराजमा उपलब्ध हुने

अब मिशलिन टायर विशेष छुट सहित दराजमा उपलब्ध हुने

काठमाडाैं । नेपालमा मिशलिन टायरको आधिकारिक विक्रेता सिप्रदी अटोपार्ट्स...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...